५ मंसिर २०८३, शनिबार| Saturday, November 21, 2026
शोक सन्देश

टेक्सासमा ज्यान गुमाएका १९ बर्षका गौतम र खत्रीप्रति प्रवासी नेपाली एकता मन्चको श्रद्धाञ्जली

अमेरिकाको टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएको बेला पानीमा डूबेर मृत्यु भएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमप्रति प्रवासी नेपाली एकता मन्च अमेरिकाले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

टेक्सास निवासी सामाजिक अभियन्ता तथा प्रवासी नेपाली एकता मन्च अमेरिकाका केन्द्रीय सदस्य सरिता चौलागाई र समाजसेवी सुवोध गौतमका सुपुत्र १९ वर्षीय हिकारु गौतमको मृत्यु भएकोमा मञ्चका तर्फबाट शोकाकुल परिवारमा समवेदना व्यक्त गरिएको हो । प्रवासी नेपाली एकता मञ्च परिवारका तर्फबाट अध्यक्ष टेक गुरुङले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका हुन् ।

हिकारु गौतमको अन्तिम संस्कार आज विहान टेक्सासको ड्यालसमा गरिसकिएको छ ।

गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका थिए । गौतम पानीमा डूबेपछि बचाउन खोज्दा खत्री आफूपनि डूबेका थिए ।

दुईजनाको मृत्यु भएकोमा खत्रीको शव शनिबार राती ९ बजे र गौतमको शव आइतबार बेलुका साढे ६ बजे फेला परेको थियो । फोर्ट वर्थ निवासी उनीहरु बिहिबार राती नदिमा बेपत्ता भएका थिए ।

गौतम गतबर्षमात्र हाईस्कुल ग्रयाजुएट भएका थिए ।

सधै मुस्कुराउने स्वभावका त्रिशरण राम्रो फुटवल खेलाडी समेत रहेको डलास गोर्खाजले जनाएको छ । मेडिकल डाक्टर हुने सपना बोकेका उनको मृत्युले नेपाली समुदाय स्तब्ध भएको छ ।

खत्रीको सम्झना र अन्तिम विदाईका लागि डलास गोर्खाजले गोफण्डमीमा फण्डरेज गरिरहेको छ । उनको दाहसंस्कारका लागि परिवारलाई सहयोग गर्नका लागि फण्डरेज गरिएको डलास गोर्खाजले जनाएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यदि तपाई पनि गोफण्डमीमार्फत सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

 

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →