प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थलाभको कामना


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकको स्वास्थलाभको कामना गरेका छन् । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै स्वास्थ्य लाभको कामना गरेका हुन् ।

‘भारतका प्रख्यात कलाकार अमिताभ बच्चन तथा उनका छोरो अभिषेक बच्चनलाई चाँडै स्वास्थलाभको कामना गर्दछु।’ उनले भनेका छन् । हाल उनीहरुको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ । आज ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com