प्रधानमन्त्री ओलीद्वारा अमिताभ बच्चनको स्वास्थलाभको कामना
प्रकाशित मिति : असार २८, २०७७ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकको स्वास्थलाभको कामना गरेका छन् । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै स्वास्थ्य लाभको कामना गरेका हुन् ।
‘भारतका प्रख्यात कलाकार अमिताभ बच्चन तथा उनका छोरो अभिषेक बच्चनलाई चाँडै स्वास्थलाभको कामना गर्दछु।’ उनले भनेका छन् । हाल उनीहरुको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको छ । आज ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ ।