बन्द भएका भारतीय च्यानललाई के गर्ने ? भोलि निर्णय हुुँदै


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

बन्द गरिएका भारतीय न्यूज च्यानललाई सुचारु गर्ने कि बन्द गर्ने भन्ने निर्णय आइतबार हुने भएको छ । आइतबार मल्टिसिस्टम अपरेटरहरुको आइतबार दिउँसो बस्ने बैठकले त्यसबारे निर्णय गर्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ राजदूतको नाम जोडेर हुँदै नभएको समाचार सम्प्रेषण गरिएपछि नेपालका मल्टिसिस्टम अपरेटरहरुले भारतीय न्यूज च्यानलहरु बिहीबारदेखि बन्द गरेका थिए ।

नेपाली अपरेटरहरुले सेवा बन्द गरेसँगै भारतभर हल्लाखल्ला भएको थियो । समाचारप्रति चर्को असन्तुष्टिसँगै च्यानल नै बन्द गरिएपछि सम्बन्धित मिडियाहरले आफ्नो समाचारको कारण नेपालीहरुको चित्त दुखेको भन्दै ‘खेद’ प्रकट समेत गरेका थिए । यसलाई माफी मागेको रुपमा बुझ्दै अपरेटरहरुले अब के गर्ने भन्ने सम्बन्धमा धारणा बनाउन तथा त्यस्तो अनर्गल प्रचारमा संलग्न नभएकाको हकमा के गर्ने भन्ने सम्बन्धमा समेत निर्णय लिन छलफल गर्न लागेको म्याक्स टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।

अपरेटरहरुले अनर्गल प्रचार र फेक न्यूज च्यानल छानेरै बन्द गर्ने र बाँकीलाई खुला गर्नेगरी निर्णय गर्नसक्ने सम्भावना छ । ‘हामी भ्रम फैलाउने र अनर्गल प्रचार गर्ने च्यानललाई बन्द नै राखेर बाँकीलाई खुलाउने पक्षमा छौं’ सुवेदीले भने, ‘के गर्ने भन्ने निर्णय चाहिँ छलफल गरेपछि मात्रै हुन्छ ।’ अहिले जीन्यूज, एबीपी न्यूज लगायत ३/४ वटा मिडिया त्यस्तो फेकन्यूजका लागि चर्चित मानिन्छन् । तथ्यभन्दा निकै बाहिर गएर सम्प्रेषण हुने त्यस्ता न्यूज च्यानलबाहेक अरुलाई चल्न दिएमा भोलिका दिनमा नेपालको समाचार सम्प्रेषणमा ती च्यानलहरु पनि सम्वेदनशील हुने तथा ती च्यानलहरुले पनि आफ्नो गल्तीको महसुस गर्नेमा अपरेटरहरु सहमत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com