सन्दर्भ विश्व जनसंख्या दिवसः विश्वको जनसंख्या आठ अर्ब नजिक


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस आज परेको हो ।

यस्तै खाले विश्व महामारी, प्राकृतिक प्रकोप, मानव सृजित युद्ध जस्ता घटनाले संसारको जनसंख्यामाथि खतरा आउने गरेको छ । वल्डोमिटरका अनुसार ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । यस वर्ष ४२ करोड ८० लाख बढीको जन्म हुँदा ३० करोड ९७ लाख व्यक्तिको मृत्यु भएको छ ।

सबैभन्दा बढी जनसंख्या चीनमा १ अर्ब ४३ करोड ९४ लाख, भारत १ अर्ब ३८ करोड ४ लाख, अमेरिका ३३ करोड १० लाख, इण्डोनेशिया २७ करोड ३६ लाख, पाकिस्तान २२ करोड १० लाखभन्दा बढी रहेको छ ।

यसैगरी दश बढी जनसंख्या रहेका थप देशमा ब्राजिल २१ करोड २६ लाख, नाइजेरिया २० करोड ६२ लाख, बंगलादेश १६ करोड ४७ लाख, रुस १४ करोड ५९ लाख तथा मेक्सिको १२ करोड ८९ लाख रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्षेत्रगत रुपमा एशिया ४ अर्ब ६४ करोड १० लाख, अफ्रिका १ अर्ब ३४ करोड, यूरोप ७४ करोड ७६ लाख, ल्याटिन अमेरिका ६५ करोड ३९ लाख, उत्तर अमेरिका ३६ करोड ८८ लाख, ओसिनीया ४ करोड २६ लाख रहेको छ ।

धर्मगत आधारमा हेर्दा क्रिष्चियन धर्मावलम्बी ३१ प्रतिशत अर्थात् २ अर्ब १७ करोडभन्दा बढी रहेको छ । जसमा यस धर्मको हाँगाको ५० प्रतिशत क्याथोलिक, ३७ प्रतिशत प्रोटेष्ट्यान्ट, १२ प्रतिशत अर्थोडक्स र १ प्रतिशत अरु रहेका छन् ।

मुस्लिम धर्मावलम्बी २३ प्रतिशत अर्थात् १ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । जसमा झण्डै ९० प्रतिशत सुन्नी, १० प्रतिशत शिया रहेका छन् ।

कुनै धर्मप्रति विश्वास नराख्नेहरुको संख्या १६ प्रतिशत अर्थात् १ अर्ब १२ करोडभन्दा बढी रहेको छ । जसमा नास्तिक, कुनै धर्ममा विश्वास नराख्नेहरु छन् । संयुक्त राज्य अमेरिका २० प्रतिशत कुनै धर्ममा आस्था राख्दैनन् ।

हिन्दू धर्मावलम्बी १५ प्रतिशत अर्थात् १ अर्ब ३ करोडभन्दा बढी रहेका छन् । जसमा ९४ प्रतिशत भारतमा बस्ने गर्दछन्, बाँकी नेपाललगायतका देशमा बस्ने गर्दछन् ।

बौद्ध धर्मावलम्बी ७ प्रतिशत अर्थात् ४८ करोड ७५ लाखभन्दा बढी रहेका छन् । जसमा ५० प्रतिशतभन्दा बढी चीनमा बस्दछन् ।

आदिवासीलगायत ६ प्रतिशत अर्थात् ४० करोड ५१ लाखभन्दा बढी रहेका छन् । अन्य धर्मावलम्बीमा १ प्रतिशत अर्थात् ५ करोड ८१ लाख रहेका छन् । जसमा बहाई, ताओ, जैन, शिखलगायतका धर्मावलम्बी पर्दछन् । यसैगरी ०.२ प्रतिशत अर्थात् १ करोड ३८ लाख जूज छन् । यी मध्ये अधिकंश अमेरिका र इजरायलमा बस्दछन् ।

विश्व जनसंख्याको सूचीमा नेपाल ४९ औं ठूलो मुलुकमा पर्दछ । नेपालको जनसंख्खा हालै तीन करोड नाघेको छ ।

अहिलेको जनसंख्या वृद्धिदरलाई आंकलन गर्दा आउँदो दशक अर्थात् सन् २०३० मा ८ अर्ब ५४ करोडभन्दा बढी, सन् २०४० मा ९ अर्ब १९ करोडभन्दा बढी, सन् २०५० मा ९ अर्ब ७३ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

अर्को शताब्दी अर्थात् सन् २१०० मा विश्वमा १० अर्ब ८७ करोड जनसंख्या पुग्ने पनि बल्डोमिटर डट इन्फोले जनाएको छ ।

जनसंख्या वृद्धिदर १ दशमलव शून्य ५ प्रतिशत रहेको छ । सबैभन्दा बढी १९६० मा २ प्रतिशत पुगेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com