अष्ट्रेलियाको जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम बारेमा अन्योलता


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

कोरोना भाइरस महामारीको प्रभाव अष्ट्रेलियाको माइग्रेसन प्रोग्राममा समेत देखिएको छ।

आर्थिक वर्षको सुरुवाती अर्थात जुलाई महिनाको पहिलो हप्तामा अष्ट्रेलियाका राज्यहरुले माइग्रेसन प्रोग्राम खुल्ला गर्ने तथा नयाँ जानकारीहरु र योजनाहरु अपडेट गर्ने गर्छन्। यो वर्ष भने कोरोना भाइरस महामारीको प्रभावका कारण माइग्रेसन प्रोग्राम अपडेट आएको छैन। जसले गर्दा जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ने या नखुल्ने बारेमा अन्योलता छाएको छ।

धेरैजसो राज्यले ४९१ / १९० भिसा सबक्लासको लागि एप्लिकेसन बन्द गरिसकेका छन्। २०२०/२१ को लागि जेनरल स्किल्ड माइग्रेसन प्रोग्राम खुल्ला नहुने हल्ला समेत फैलिरहेको छ।

यसैबीच माइग्रेसन क्षेत्रका विज्ञले अक्टोबरसम्ममा माइग्रेसन प्रोग्राम खुल्न सक्ने सम्भावना रहेको बताएका छन्। विज्ञका अनुसार, सामान्यतया : अष्ट्रेलिया सरकारले नयाँ आर्थिक वर्षको सुरुवातीमा सबै राज्यलाई कोटा प्रदान गर्ने गर्छ र सोही अनुसार ती राज्यहरुले आफ्नो माइग्रेसन प्रोग्राम अपडेट गर्ने गर्छन्। तर अहिले राज्यहरुले त्यो कोटा प्राप्त गरेका छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब अक्टोबरमा बजेट प्रस्तुत गर्दा राज्यहरुलाई कोटा प्रदान गरिने सम्भावना रहेको हुँदा अक्टोबरमा माइग्रेसन प्रोग्राम खुल्ला हुन सक्ने बताइएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com