सुशान्तले मृत्युअघि गुगलमा यो कुरा सर्च गरेका थिए, मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक


प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा प्रहरी अनुसन्धानमा जुटेको छ । भारतीय सञ्चार माध्यमले पनि लगातार उनको आत्महत्या पछिको खबर फलोअप गरिरहेका छन् । हालै उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ ।

भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ।उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।

स्रोतले दाबी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक भएकाहरुले प्रहरीलाई दिएको बयानमा सुशान्त पछिल्लो केही समयदेखि मानसिक समस्यासँग गुज्रिरहेको र उनलाई थुप्रै पटक कसैले जानीजानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको जस्तो लाग्छ । पत्रिका, वेबसाइट, सोसल मिडियामा उनीबारे छापिएको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे । उनलाई सायद यस्तो लाग्थ्यो कि कसैले उनलाई बदनाम गर्नका लागि षड्यन्त्र रचिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com