हङकङका ३० लाख नागरिकले बेलायतको नागरिकता पाउने


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

हङकङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बीएनओ) पासपोर्ट भएकासहित झन्डै ३० लाख नागरिकले ब्रिटिश सिटिजनसिपको लागि आवेदन गर्न सक्ने भएका छन् ।

पूर्व ब्रिटिश उपनिवेश रहेको हङकङमा बसोबास गर्ने नागरिकहरुको आधारभूत स्वतन्त्रताबारे चासो व्यक्त गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले उनीहरुको लागि बेलायती नागरिकता दिलाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीका अनुसार शुरुमा उनीहरुलाई बेलायतमा बस्न र काम गर्न पाउने अधिकार दिइनेछ, ५ वर्षपछि उनीहरुले नागरिकता (सिटिजनसिप) को लागि आवेदन दिन सक्नेछन् ।

यसबारेमा बेलायतका विदेशमन्त्री डोमिनिक राबले सांसदहरुलाई विस्तृत रुपमा जानकारी गराएका छन् । बेलायतको पूर्व उपनिवेश रहेको हङकङलाई सन् १९९७ पछि त्यहाँको स्वायत्ततामाथि जोखिम पुर्याएको र कानूनी दायित्वको उल्लंघन गरेको भन्दै राबले बेइजिङलाई चेतावनी दिएका छन् । तर चीनले भने आफ्नो आन्तरिक मामला भन्दै अन्तरराष्ट्रिय रुपमा गरिने आलोचनालाई अस्विकार गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जुलाई १ तारिखबाट हङकङमा सुरक्षासम्बन्धी नयाँ कानून लागू गरिएको छ । उक्त नयाँ कानून विद्रोही तथा आतंकवादी गतिविधीमा संलग्न हुनेमाथि लक्षित छ । नयाँ व्यवस्थाले ‘एक देश, दुई प्रणाली’ अन्तर्गत सन् १९८५ मा बेलायत र चीनबीच गरिएको संयुक्त हस्ताक्षरसहितको सम्झौताको उल्लंघन भएको बताइएको छ । जुन सम्झौताअनुसार कम्तिमा ५० वर्ष सम्म केहि निश्चित स्वतन्त्रतालाई सुरक्षित कायम राख्नुपर्ने उल्लेख छ ।

हङकङमा झन्डै ३ लाख ५० हजार जति ‘ब्रिटिश नेशनल ओभरसिज’ (बिएनओ) पासपोर्ट होल्डर छन् । उनीहरुबाहेक अन्य २६ लाख मानिसहरु पनि ब्रिटिश सिटिजनसिप सुविधाका लागि लागि योग्य ठहरिनेछन् । वर्तमान अवस्थामा सबैले ६ महिनाका लागि बेलायत प्रवेश गर्न पाउनेछन् ।

सन् १९८० मा विशेष व्यवस्थासहितको ब्रिटिश नेशनल ओभरसिज (बिएनओ) पासपोर्ट प्रदान गरिएको थियो । तर हाल त्यस्ता पासपोर्ट होल्डरका सबै सुविधा कटौती गरेर ६ महिनासम्मका लागि बेलायत प्रवेश गर्न पाउने सुविधामा मात्र सिमित गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com