भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले यसरी लियो बदला


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

भारतले ५९ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएलगत्तै चीनले पनि भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएको छ । चीनले भारतीय समाचारपत्र र वेभसाइटमाथि प्रतिबन्ध लगाएको हो ।

तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन । चिनियाँ सरकारले भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएपछि कयौं मानिसहरु भारतीय समाचारपत्र र वेभासाइट पढ्नबाट बञ्चित भएका छन् । त्यस्तै चीनमा केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिएको जनाइएको छ ।

त्यहाँ भारतीय टिभी च्यानलहरु इन्टरनेट प्रोटोकल (आईपी) टिभी अर्थात इन्टरनेटमार्फत हेर्न सकिन्थ्यो । त्यस्तै चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ ।

भीपीएन एक शक्तिशाली उपकरण हो, जसले प्रयोगकर्ताहरुलाई सरकारी इन्टरनेट जडानका साथै निजी नेटवर्कहरु निर्माण गर्ने अनुमति दिन्छ । यसमा प्रयोगकर्ताको गोपनियता र पहिचान समेत लुकाइएको हुन्छ । भीपीएन प्रविधिले आइपी ठेगाना लुकाइदिने सामथ्र्य राख्दछ, ताकि प्रयोगकर्ताको अनलाइन कार्य पत्ता नलागोस् । तर चीनले यसलाई समेत ब्लक गरिदिन सक्ने प्रविधि निर्माण गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, भारतीय सञ्चारमाध्यामहरुले भने चीनका ५९ वटा एप्सहरु प्रतिबन्धित हुनुअघि नै चीनले भारतीय समाचारपत्र र वेभसाइटहरुमाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com