संयुक्त राष्ट्रसंघको घोषणापत्रमा ५० देशद्वारा हस्ताक्षर गरेको दिन


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

सन् १९४५ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आजैका दिन ५० देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको घोषणापत्रमा हस्ताक्षर गरे । यही घोषणापत्र विश्वयुद्धपछिको नयाँ वैश्विक संगठन अर्थात् संयुक्त राष्ट्रसंघ निर्माणको आधार हो ।

देशहरुबीचको विवाद समाधान गर्न लिग अफ नेसन्स असफल हुँदा दोस्रो विश्वयुद्ध निम्तिएको थियो । तर, यसका बाबजुद विश्वयुद्धमा एकसाथ लडेका मित्र राष्ट्रहरुले सन् १९४१ को सुरुवातमै युद्धपछिको विश्वमा शान्ति कायम गर्नका लागि नयाँ अन्तर्राष्ट्रिय संगठनको आवश्यकता पर्ने महसुस गरेका थिए ।

संयुक्त राष्ट्रसंघको अवधारणा अगस्ट १९४१ बाट आयो, जतिबेला अमेरिकी राष्ट्रपति फ्रयाङ्कलिन डि रोसभेल्ट र बेलायती प्रधानमन्त्री विस्टन चर्चिलले एटलान्टिक चार्टरमा हस्ताक्षर गरे, यो चार्टरले शान्ति र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहकार्य गर्न केही मान्यताहरु प्रस्ताव गरेको थियो ।

अर्को वर्ष, रोसभेल्टले धुरी राष्ट्र अर्थात् जर्मनी, इटली र जापानविरुद्ध एकजुट भएका राष्ट्रहरुको व्याख्या गर्न ‘संयुक्त राष्ट्रसंघ’ शब्द प्रयोगमा ल्याए । यो शब्द औपचारिक रुपमा पहिलो पटक १ जनवरी १९४२ मा प्रयोगमा आयो, जतिबेला मित्रराष्ट्रका २६ वटा देशका प्रतिनिधिले वासिङटन डिसीमा भेटेर ‘संयुक्त राष्ट्रको घोषणापत्र’ नामक दस्तावेजमा हस्ताक्षर गरे । यसले एटलान्टिक चार्टरलाई स्विकृति दियो र मित्र राष्ट्रहरुको एकिकृत युद्ध लक्ष्यलाई प्रस्तुत ग-यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९४३ मा मित्रराष्ट्रका प्रमुख शक्ति– बेलायत, अमेरिका, सोभियत युनियन र चीनले मस्कोमा भेटेर ‘मस्को घोषणापत्र’ जारी गरे । यस घोषणापत्रले औपचारिक रुपमै लिग अफ नेसन्सलाई विस्थापित गर्ने नयाँ अन्तर्राष्ट्रिय संगठन चाहिएको ठहर ग-यो ।

तेहरानमा डिसेम्बर १९४३ मा भएको मित्रराष्ट्रको सम्मेलनमा यो लक्ष्यप्रतिको प्रतिबद्धता दोहो-याइयो र १९४४ मा बेलायत, अमेरिका, सोभियत युनियन र चीनबीच वासिङटन डिसीस्थित डुमबार्टोन ओक्समा संयुक्त राष्ट्रसंघ निर्माणका लागि योजना बनाउन भेटवार्ता भयो । सात हप्तासम्म प्रतिनिधिहरुले नयाँ वैश्विक संगठनको ढाँचाको खाका कोरे, उनीहरुबीच सदस्यता र मतदानलाई लिएर विवाद पनि भयो । अन्तत ‘बिग थ्री’ अर्थात् अमेरिका, बेलायत र रुसबीच फेब्रअरी १९४५ मा याल्टा सम्मेलनमा सहमति जुट्यो । र, १९४२ मा ‘संयुक्त राष्ट्रको घोषणापत्र’ मा हस्ताक्षर गरेका सबै देशका प्रतिनिधिहरुलाई संयुक्त राष्ट्रसंघको स्थापना भेलामा निम्ता गरियो ।

२५ अप्रिल १९४५ मा ५० देशको सहभागितामा सान फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय संगठनबारे संयुक्त राष्ट्रहरुको सम्मेलन गरियो । तीन महिनापछि, जतिबेला नाजि जर्मनीले आत्मसमर्पण गरिसकेको थियो, त्यसबेला संयुक्त राष्ट्रसंघको अन्तिम चार्टरलाई प्रतिनिधिहरुले सर्वसम्मत रुपमा स्विकार गरे । २६ जुनमा चार्टरमा हस्ताक्षर गरियो ।

संस्थाको परिचयसहित १ सय ११ धारामा विभाजित १९ च्याप्टर समावेश यस चार्टरमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न, सामाजिक सुधार र राम्रो जीवन शैलीको प्रबद्र्धन , अन्तर्राष्ट्रिय कानून बलियो बनाउन र मानवअधिकार विकासको प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसंघ गठन गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको थियो । सचिवालय, महाभेला, सुरक्षा परिषद्, आर्थिक र सामाजिक काउन्सिल, इन्टरनेशनल कोर्ट अफ जस्टिस र ट्रस्टिसीप काउन्सिल संयुक्त राष्ट्रसंघका आधारभूत अंगका रुपमा रहने यस चार्टरमा उल्लेख छ ।

सुरक्षा परिषद्का पाँच स्थायी सदस्य र अन्य हस्ताक्षरकर्ताबाट बहुमतले पारित भएपछि २४ अक्टुबर १९४५ देखि संयुक्त राष्ट्रसंघ चार्टर कार्यान्वयनमा आयो । त्यसैले २४ अक्टुबरलाई नै संयुक्त राष्ट्रसंघ स्थापना दिवस मानिन्छ । ५१ देशका प्रतिनिधिको सहभागितामा १० जनवरी १९४६ मा संयुक्त राष्ट्रसंघको पहिलो भेला लण्डनमा सम्पन्न भयो । १९५२ मा अमेरिकाको न्युर्योकमा संयुक्त राष्ट्रसंघको हेडक्वाटर तयार भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com