भारतसँग बैठक टरेको टर्‍यै,संवादहीन सीमा समस्या


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्।

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी विषय नेपालको प्राथमिकता र निरन्तरतामा नपरेको बताए। ‘नेपालकै कमजोरीका कारण यो संयन्त्रको बैठक बस्न नसकेको हो’, उनले भने, ‘अन्य विषयमा सचिवस्तरका संयन्त्रका धेरै बैठक भए तर सीमा विषयमा एउटा पनि बैठक भएन।’

अन्य बैठकमा सीमा एजेन्डा घुसाउन सक्नुपर्नेमा त्यो हुन नसकेको उनको बुझाइ छ। ‘हामी वार्ता गरौं भनेर लागेनौं’, उनले भने, ‘अरू विषयमा भएका बैठकमा सीमाको एजेन्डा घुसाउन सकेनौं। मेरो अनुभवमा सीमाको विषय कहिल्यै उठेन।’ भारतले सीमाका विषयमा नेपालसँग छलफल गर्न नचाहेको आफूले पाएको उनको बुझाइ छ।

उनले पछिल्लो समय वार्ताको वातावरण नबनेको बताए। ‘दुई देशका प्रधानमन्त्री, परराष्ट्रमन्त्रीको भाषणमा सम्बन्ध उचाइमा पुगेको भनिन्छ तर त्यो व्यवहारमा देखिँदैन’, उनले भने, ‘हाम्रो तयारी पनि फितलो हुन्छ। मैले नाकाबन्दीकै बेला त्यो महसुस गरें।’ नाकाबन्दीका बेला उनी राजदूत थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालले भारतसँग वार्ताको प्रयास गरे पनि उताबाट कुनै जवाफ नआएको जनाइएको छ। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय तेस्रो संयुक्त आयोग (थर्ड ज्वाइन्ट कमिसन) बैठक सन् २०१४ जुलाई २५ देखि २७ सम्म बसेको थियो। त्यस बैठकले कालापानी, सुस्तालगायत क्षेत्रका सीमा विवाद सुल्झाउन परराष्ट्रसचिवस्तरीय संयन्त्रलाई जिम्मा दिएको थियो।
बैठकमा नेपालबाट तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतबाट विदेशमन्त्री सुष्मा स्वराज सहभागी थिए। अन्नपूर्ण पोस्ट् दैनिकबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com