बेलायतको रेडिङमा चक्कु प्रहारबाट कयौं ‘हताहत’


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

बेलायतको रेडिङस्थित एउटा पार्कमा चक्कु प्रहारबाट कयौं हताहत भएको हुन सक्ने बेलायती अखबारहरुले जनाएका छन् ।

फरबरी गार्डेन पार्कमा अन्धाधुन्ध चक्कु प्रहार गरिंदा कयौं मारिएको हुन सक्ने बताइएको छ तर प्रहरीले यसको पुष्टि गरिसकेको छैन् । रोयल बक्सायर अस्पतालमा गम्भीर अवस्थामा कम्तीमा दुई जनाको उपचार भइरहेको छ ।

थेम्स भ्याली प्रहरीले घट्नामा संलग्न भएको आरोपमा एकजनालाई गिरफ्तार गरिएको जनाएको छ । प्रहरीले कयौं घाइतेहरुको अस्पतालमा उपचार भइरहेको जनाएको छ । घट्नास्थलमा कयौं एयर एम्बुलेन्स, प्रहरी कार, एम्बुलेन्स र आपतकालिन सेवाका कर्मचारी पुगेका बताइएको छ ।

गृहमन्त्री प्रिती पटेलले घट्नाबाट आफू अत्यन्तै चिन्तित भएको बताएकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रेडिङ काउन्सिल नेताहरुले मानिसहरुलाई घट्नास्थल वरपर नबस्न आग्रह गरेका छन् । उक्त घट्ना पार्कमै यसअघि भएको ‘ब्ल्याक लिभ्स् म्याटर’ प्रदर्शनसंग सम्बन्धित नरहेको विश्वास गरिएको छ । कतिपयले घट्नालाई ‘आतंकवाद’ संग पनि जोडेका छन् ।

घट्नास्थल नजिक बस्ने समाजसेवी विश्वआदर्श पण्डितले घट्नाप्रति दुःख व्यक्त गर्दै नेपाली भने अहिलेसम्म परेको नदेखिएको बताएका छन् ।

नेपाली लिंकबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com