विवाहलाई एकवर्ष पछि सार्दै अधिकांश युवा …….


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेकी छन् ।

इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेकोे कपुसिओनीले बताइन् । “हामी विवाह गर्न उत्साहित छौं तर महामारीका कारण साथीहरु र परिवारका सदस्यहरुको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियोे,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भनिन् । हुनत यसका पछाडि धेरै कुरा छन् ।

कासिमिरी, ३३–वर्षीय, यस कुरामा सहमति नजनाउने कुरै भएन सँगै जीवन जीउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो । “हामीले आशावादी बन्दै महामारी अन्त्यका लागि पर्खियो तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छैन,” उनले भनिन् ।

मध्य इटालियाली फ्लोरेन्सको ठीक बाहिर, भाल डी आर्नोमा बसोबास गर्ने कपुसियुनी र कासिमिरीको निर्णय सम्पूर्ण इटलीभरि दोहोरिएको छ र यो बुझ्न सकिने छ । विवाहमा ढिलाई हुने कुनै वास्तविक राष्ट्रिय तथ्याङ््कहरू छैनन् तर सबै युवाहरूले केही ढिलो गर्ने निधो गरेका छन् । विवाहलाई ढिलो गर्नुमा एउटा त महामारीका कारण जमघटमा हुने समस्या हो भने अर्को स्वास्थ्य सङ्कटका कारण इटालीमा मृत्यु भएका मानिसहरूका कारण इटलीभर शोकमग्न समुदायको रमाइला गतिविधिमा औधि मोह देखिइसकेको छैन । विस्तारै सामान्य जीवनतिर फर्किने अभ्यास इटलीबासीहरूले गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल सम्म, नियमहरूले इटालियाली क्षेत्रबीच वा इटाली बाहिरबाट निषेधित यात्रालाई अहिले पनि निषेधित गरेको छ । विवाहमा पाहुनाहरूले मास्क लगाउनुपर्दछ र कम्तिमा दुई मिटर एक अर्काबाट टाढा हुनुपर्दछ । खाना बफेहरू, इटालियन विवाहको मुख्य आधार हो ।

तर यो प्रवृत्तिले क्याटरिङ, रेस्टुरेन्ट, फूल विक्रेता तथा अन्य व्यवसायहरू जसले वार्षिक १० अर्ब यूरो अर्थात् ११ अर्ब अमेरिकी डलर कर राज्यलाई तिर्ने गर्थे एउटा सङ्कटमा पर्ने देखिएको छ ।

“कोरोनाभाइरससम्बन्धी केही प्रतिबन्धहरू हटाइए पनि हप्तौं बितेको तालाबन्दी र प्रकोपबाट आएको सबै समाचारले मनोवैज्ञानिक छाप छोडेको इटालीको सेवा उद्योगको व्यवस्थापन निगरानी गर्ने संस्था प्रोन्टोप्रोका निर्देशक एलिस फिगारोलीले सिन्ह्वासँग भने, “धेरै जोडीहरूले यस्तो चुनौतीपूर्ण अवधिमा आफ्नो जीवनको सबभन्दा खुसीको दिन के हुनुपर्दछ भनेर योजना गर्न कठिन छ ।”

सरकारले आफ्नो सुधार योजनामा विवाहका लागि केही प्रोत्साहन समावेश गरेको छ । सबैभन्दा ठूलो विवाह समारोहको २५ हजार यूरो अर्थात् एक त्रैमासिकको कर खर्च कर्जा उपलब्ध गराउँनेछ , जुन प्रोत्साहन जनवरी १, २०२१ पछि विवाह गर्ने दम्पतीलाई दिनेछ । सरकारले आर्थिक सङ्कटका समय फजुल खर्च जोगाउनका लागि पनि विवाहका कार्यक्रमलाई पछि सार्न प्रोत्साहित गरेको देखिन्छ । कर छुटका कारण धेरै जोडीले ढिलो विवाह गर्न तयार भएका तर्क पनि इटलीमा राखिने गरिएको छ ।

मिलानका इल्लारिया मेस्सा र मटिया बिफ्फीले भने सेप्टेम्बरमा हुने विवाहलाई ढिलाइ गर्ने निर्णयमा कर प्रोत्साहनले कुनै भूमिका नखेल्ने बताए । उनीहरूको शहर कोरोनाभाइरसका कारण निकै प्रभावित भएको तथ्य विवाह मिति सार्नुको मुख्य कारण भएकाे बताए ।

“सेप्टेम्बरको समयसम्म प्रकोपको स्थितिमा अवस्था अझ राम्रो देखिन सक्छ, तर हामी विवाहको बारेमा चिन्ता लिन चाहँदैनौं,” ३६वर्षीया मेसाले अन्तर्वार्तामा भने । “हामी विवाहित पाहुनाहरुलाई हुने कठिन परिस्थितिमा टाढा राख्न चाहन्छौँँ ।”

“विवाहजस्तो रमाइलो कार्य यो सङ्कटका समय गरिने उचित होइन ,” ३४ वर्षीय बिफले भने । यो समयमा विवाह निकै नरमाइलो हुने निष्कर्षसहित आफूहरूले विवाहलाई अर्को वर्ष सार्र्ने योजना रहेको बिफले बताए ।

उनले थपे,“कल्पना गरौँ न हामीले विवाहको सम्झनाका लागि खिचिने भिडियो र तस्वीरहरूमा अनुहारमा सङ्क्रमण हुन नदिन लगाइने प्लाष्टिकका कभरहरू, मास्क, ग्लोब्सजस्ता सङ्क्रमणबाट सुरक्षाका लागि प्रयोग हुने सामग्रीहरू ।”

चालीस वर्षीया अन्ना मारिया पिरोज्जी र ३९–वर्षीया एन्टोनियो कोस्टाले भने सङ्कटको वेला भएपनि विवाहमा ढिलाई नगर्ने थोरै प्रतिशत अविवाहित युवा जोडीहरूको प्रतिनिधित्व गरेका छन्। उनीहरूले अझै पनि यस वर्ष विवाह गर्ने योजना बताएका छन् । तर विवाहलाई रोम बाहिर मात्रै गर्ने र यसमा आफूहरू सेप्टेम्बरमा विवाहको मिति कायम गर्ने निर्णयको पछाडि पारिवारिक अवस्था रहेको बताए ।

प्रियोजीले भनिन्, “हामी दस बर्ष भन्दा बढी समयदेखि सँगै छौं र हाम्रा दुई बच्चाहरू छन्, तर हाम्रा आमाबाबुले सधैं भन्नुहुन्छ कि उहाँहरू हाम्रो बिहे गरेको देख्न चाहनुहुन्छ । मेरी आमा र एन्टोनियोका बुबा दुबैको स्वास्थ्य अवस्था कमजोर छ त्यसैले हामीले निर्णय गरेको समय ठीक छ ।”

“हामी विवाहको मितिलाई उत्सव मनाउने कारणको रूपमा हेर्दैछौं । यसमा संलग्न सबै उत्साहित हुनेछन् । कठिन परिस्थितिका वावजुद पनि हाम्रो विवाहमा रमाउने छन् ।”

तर एक चिकित्साकर्मीसमेत रहेका युवा कोस्टाले कोरोनाभाइरस सङ्क्रमणको महामारीको समय ३० मा २८ दिन काम गरेको अनुभव साट्दै भनिन्, “हो विवाहको योजनालाई थोरै कटौति गरेर भएपनि स्वास्थ्य समस्या केही कम भएपछि विवाह गर्नुपर्छ ।”

“हाम्रो वित्तीय स्थिति अहिले बढी कमजोर छ र त्यसैले हाम्रो योजनाहरूमा कटौति गरेका छौँ,” कोस्टाले भनिन् ।
उनको भनाइ छ-हामी केवल परिवार र घनिष्ठ मित्रहरूलाई आमन्त्रित गर्दैछौँ । परिस्थिति पूर्ण छैन । तर म सधैं आशावादी बन्ने प्रयास गर्छु र त्यसैले मेरो विचारमा इटालियनहरूले सन् २०२० लाई कारोनाभाइरस बाहेक अन्य केही स्मरणीय घटनाको वर्ष बनाउनुपर्छ । सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com