लद्दाख घटनाको जिम्मेवार चीन होइन,भारतीय सैनिकले प्रोटोकल तोडे : चिनियाँ विदेश मन्त्रालय
प्रकाशित मिति : असार ३, २०७७ बुधबार
चीनका विदेश मन्त्रालयले गलवान घाटीमा भएको घटनाका लागि आफूहरुलाई जिम्मेवार देखाउन नमिल्ने बताएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘यसमा सही र गलत स्पष्ट छ । यो घटना एलएसीको चीनतर्फबाट क्षेत्रमा भएको हो र यसका लागि चीनलाई जिम्मेवार ठहर गर्न मिल्दैन ।’
‘गलवान घाटीको सम्प्रभुता सधैं चीनमा नै निहित छ । भारतीय सैनिकले बोर्डर प्रोटोकल र हाम्रो कमान्डर स्तरको कुराकानीमा भएको सहमतिको गम्भीर उल्लंघन गरे ।’