निजी ल्याबले पीसीआर परीक्षण गर्न पाउने,सबै खर्च सरकारको !


प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार

सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरूलाई दिने भएको छ । आइतबार आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो ।
पीसीआर टेस्टका लागि सङ्कलित नमूना आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिएका निजी प्रयोगशालालाई पनि जाँच्न दिइने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृति लिइएका पीसीआर टेस्टका नमुनाहरू अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ उहाँले बताउनुभयो ।
त्यस्तै, विदेश जानको लागि आवश्यक पर्ने भिसाको लागि निरोगिता प्रमाणपत्रको लागि लिइने नमुना परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालका ल्याबमा गरिने उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रवत्ता गौतमले स्वास्थ्य मन्त्रालयको निर्देशिकामा यात्रा गरेर आउन र गरेपछि परीक्षण गर्नुपर्छ भन्ने नभएको बताउनुहुँदै कोही कसैको परीक्षण नगर्न, नगराउन सम्बद्ध सङ्घसंस्था र स्थानीय निकाय, घरपेटीहरूमा आग्रह गर्नुभयो ।
उहाँले स्वास्थ्य सामग्रीको उचित समयमा मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुहुँदै सकेसम्म घरबाहिर नआउन र यात्रा नगर्न आग्रह गर्नुभयो ।
प्रवक्ता गौतमले व्यक्तिगत सुरक्षा र सावधनीपूर्वक यात्रा गरेर सेल्फ क्वारेन्टाइन र आइसोलेसनमा बस्न र नियमित रुपमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहनुपर्ने सुझाव दिनुभयाे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com