सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ ।
सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताउनुभयाे । उहाँका अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रिय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यबसायहरु पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ । यससम्बन्धी पूर्ण निर्णय भने विहीवार सार्वजनिक गरिने उहाँले जानकारी गराउनुभयो ।
बुधबार राती अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयबारे औपचारिक जानकारी विहीबार पत्रकार सम्मेलन मार्फत दिइने बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।