सप्तरीका पहिलो सङ्क्रमित भन्छन् ‘आत्मबल र हौसलाले कोरोना जितेँ ‘


प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार

कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका १७ वर्षीय युवक (मो नइम) ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उनले सञ्चारकर्मीसँग ती अनुभव सुनाएका हुन् ।

शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला दिएको उनले उल्लेख गरे । आइसोलेशनमा ल्याएपछि चिकित्सक, स्वास्थ्यकर्मी, नर्सले हरेक क्षण हौसला दिनुभएपछि डर भागेको उनले बताए । गत वैशाख २९ गते सप्तरीको पहिलो सङ्क्रमितका रुपमा आइसोलेशनमा राखिनुभएका उनले खानपिन र बस्न कुनै समस्या नभएको, व्यवस्थापन पक्ष र सरकारलाई धन्यवाद दिए । सबैले हौसला दिएपछि आफूलाई ढुङ्गा पनि पचाउने उमेरमा नयाँ रोगले समाते पनि रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको उनले उल्लेख गरे ।

यही जेठ ११ गते र जेठ १७ गते स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएकाले घर पठाउन उनलाई बिदाइ गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनले पनि औषधि नै नभएको कोरोनालाई जित्ने भनेकै आत्मबलले भएको बताए । त्यसका लागि सकारात्मक सोच र हिम्मत जरुरी रहेको डा.दासले उल्लेख गरे ।

डाकनेश्वरी नगरपालिका–३ का युवकसँगै चितवनबाट आएका अन्य १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । ती युवकमा सङ्क्रमण पुष्टि भएको ११ दिनपछि जेठ ९ गते भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका–४ का ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमित पुष्टि भयो । उनीसँगै आएकी श्रीमतीको पनि रिपोर्ट नेगेटिभ आएको थियो । त्यसयता भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, गुजरात, कलकत्ता, पटनालगायत विभिन्न राज्यबाट आएका तथा उनीहरूको सम्पर्कमा क्वारेन्टिनमा रहेका दुईजना प्रहरी र एकजना कार्यालय सहयोगी गरी सप्तरीमा ५६ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती युवकको बिदाइसँगै सो अस्पतालको आइसोलेशन खाली भएको छ । दुई महिलासहित ५५ जनालाई साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेशनमा राखिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा पाँच, राजविराज र शम्भुनाथ नगरपालिकामा एक÷एक गरी १३ जना कोरोना सङक्रमित थप भएका छन् । योसँगै सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । आज सङ्क्रमण पुष्टि भएका १३ जनालाई राजविराज ल्याउने तयारी भइरहेको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com