सीमा विवादमा अमेरिकाको मध्यस्थता अस्वीकार


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

हप्तौँ लामो सीमाबारे तनावपछि चीन र भारतका शीर्ष सैन्य अधिकारीहरु शनिबार विवाद समाधानका लागि वार्ताको टेबुलमा बस्ने भएका छन् । परिवेक्षकहरुले यो वार्ता सकारात्मक दिशामा अघि बढ्ने आशा गरेका छन् ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुई देशका शीर्ष सैन्य अधिकारीहरुबीच छलफल हुने पुष्टि गरे । यद्यपि, दुवै देशले विवादीत क्षेत्रको फ्रन्ट लाइनमा सैन्य उपस्थिति भने बाक्लो बनाएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बुधबार सीमा विवादमा चीनले मात्र आफ्नो राष्ट्रिय सार्वभौमिकता र सुरक्षाको रक्षा गर्दै शान्ति र स्थायित्व स्थापना गरिरहेको जिकिर गरेका थिए । ‘अहिले चीन र भारत बीच विभिन्न च्यानल मार्फत छलफल भइरहेको छ,’ उनले बेइजिङमा भनेका थिए ।

उनले विवादमा अमेरिकाको मध्यस्तता गर्ने प्रस्तावलाई पनि अस्वीकार गरे । उनले स्थिति ‘स्थिर र नियन्त्रण गर्न सकिने अवस्था’ मा रहेकोमा जोड दिँदै तेस्रो पक्षको आवश्यकता नभएको जिकिर गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ट्वीट गर्दै सीमा विवादमा चीन र भारतबीच मध्यस्थता गर्न अमेरिका तयार रहेको बताएका थिए । उनको प्रस्तावलाई दुवै देशले अस्वीकार गरेका छन् ।

पछिल्लो महिना चीन र भारतको सीमा क्षेत्रमा दुई देशका सेनाबीच विभिन्न स्थानमा झडप भएको थियो । जसमा सेनाहरुबीच मुक्का हानाहानदेखि ढुंगा फालाफालसम्म भएको थियो ।

गत मे महिनाको शुरुवातमा भारतको लद्दाख र चीनको अस्काइ चीनमा रहेको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दुई देशका सेना बीच झडप भएको थियो । उक्त क्षेत्रमा भारतले भर्खरै सडक निर्माण गरेको थियो ।

चीनले उक्त क्षेत्रमा भारतले एलएसी पार गरेको आरोप लगाएको छ भने सो क्षेत्र आफ्नै भूभागमा पर्ने चीनको दाबी छ । भारत र चीनबीच ३४ सय ४० किलोमिटर लामो सीमा रहेको छ । भारतले चीनको संवेदनशील तिब्बत र सिनजियाङ क्षेत्र वरपर सडक लगायत भौतिक निर्माण शुरु गरेपछि दुई देशबीच सीमामा तनाव सुरु भएको हो ।स्रोत : साउथ चाइना मोर्निङ पोष्ट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com