तीन पटक औषधि खान्छु, फोनमा कुरा गर्छु, दिनभर सुत्छु


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका ३२ वर्षीय युवक करिब १२ दिनअघि कोरोना सङ्क्रमण भएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत हुनुहुन्छ । गत वर्षको दसैँ मनाएर घर खर्च जुटाउन भारत पुगेको र त्यहाँ एक होटलमा उहाँले काम पाउनुभयो । काम राम्रो भएकोले कमाइ पनि राम्रै थियो । तर भारतमा कोरोना फैलिएपछि सबै नेपाली घर फर्कन लागेपछि उहाँ पनि घर फर्कन तयार हुनुभयो ।

भारतमा कोरोनाले महाराष्ट्र सबैभन्दा बढी प्रभावित भयो । उहाँ काम गर्ने होटल पनि बन्द भयो । काम गर्न नसक्ने भएपनि घर फर्कनुको विकल्प भएन । एक महिनासम्म कामविहीन भएर बसे पनि जोखिम मोलेर रुपैडिहासम्म पुग्नसके घर जान सकिने आँटले जोखिम मोल्नुभयो । मर्नुपरे पनि घरमै मरूँला भनेर घर जाने योजना उहाँले बनाउनुभयो । उहाँसहित केही साथीहरूले मिलेर ट्रक रिजर्भ गरी महाराष्ट्रबाट चार दिन लगाएर नेपालगञ्ज नजिकको सीमा नाका रुपैडिहा आउनुभयो ।

रुपैडिहाबाट गाडी चढेर कर्णाली प्रदेश नाका सुर्खेतको बबईमा आरडिटी परीक्षण भयो । अनि त्यसपछि गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना पोजिटिभ देखिएपछि सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको छ । आइसोलेसनमा बसेको आज १२ दिन भएको छ ।

उहाँको दैनिकी
बिहान ५ बजे उठछु । केही समय शारीरिक व्यायाम गरेपछि खाली पेट औषधि खान्छु । औषधि तीन पटक खानुपर्छ । केही समयपछि नास्ता खाएसँगै अर्को औषधि खान्छु । अनि आराम गर्छु । खाना बिहान १० बजेतिर हुन्छ । खाना खाएपछि दिनभरि सुत्छु । दिउँसो आफन्तसँग फोनमा कुराकानी गर्छुु । साथीभाइले फोन गर्छन्, सान्त्वना दिन्छन् । रक्तचाप, ज्वरो नाप्ने औजार छ । सबै आफैँले नापेर स्वास्थ्यकर्मीहरूलाई भन्नुपर्छ । बिहान ननभेज खाजा आउँछ । दिउँसो चना, अण्डा, चाउमिन खाजा दिइन्छ । साँझ भेज खाना दिने गरिएको छ ।
कसरी लाग्यो ?
कसरी लाग्यो भन्ने नै मलाइ थाहा भएन । आउने बेला हल्का खोकी लागेको थियो । ज्वरो पनि सामान्य थियो । मलाई अफ्ठेरो महसुस हुने कुनै लक्षण नै थिएन । तर पीसीआर परीक्षण गर्दा पोजिटिभ आएछ । कसरी लाग्यो भन्ने नै मलाई थाहा छैन । औषधि चालु गरेपछि खोकी पनि निको भइसकेको छ ।
सुरुमा त्रास
कोरोना पोजिटिभ भएपछि सुरुमा म नर्भस भएँ, त्रास भयो । बाहिर कोरोनाले मार्छ भन्ने सुनेकोले मनमा त्रास थियो । सँगै आएकाबाट मलाई अस्पतालमा ल्याउँदा नरमाइलो भयो । तर अहिले रत्तिभर पनि त्रास छैन । उपचारबाट सन्तुष्ट छु ।
डराउनु पर्दैन
कोरोना देखिनेबित्तिकै डराउनु पर्दैन । लागिहालेमा दुःखी हुन आवश्यक छैन । स्वच्छ मन र भावना लिनुपर्दछ । खुशी हुनुपर्दछ । यो रोग लागेमा चिन्ता लिनुहुँदैन । रोगले मारिहाल्छ भन्ने सोच राख्नुहुँदैन । निको हुन्छ, सन्चो भएर जान्छु भनेर आत्मबल दह्रो बनाउनुपर्दछ । शारीरिक र मानसिक रुपमा बलियो हुनुपर्दछ । मनलाई दह्रो बनाउनुपर्छ । चिन्ता लिने, तनाव लिने गरेमा समस्या आउनसक्छ । त्यसैले मन बलियो बनाउनुपर्छ । केही हुँदैन । रोगलाई जित्छु भन्ने भावना मनमा लिनुपर्छ ।गोरखापत्रबाट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com