बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

बाँके दुर्घटनामा मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला गरि १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए ।

‘अस्पतालले दुर्घटनामा मृत्यु भएका सबै र घाइते सबैको स्वाब संकलन गरेर सकिसकेको छ,’ थापाले भने, ‘उनीहरुको रिपोर्टका आधारमा उद्धारमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन हुनेछ ।’ उनले सबैको पिसिआर विधिवाट चेकजाँच हुने जानकारी दिए ।

बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीपनि खटिएको जानकारी दिए ।

‘उद्धारमा खटिएका सुरक्षाकर्मीलाई छुट्याउने क्रम सुरु गरि उनीहरु सबैको कोरोना परीक्षण गरिनेछ,’ एसपी वलीले भने, ‘उद्धारमा प्रयोग गरिएका प्रहरीका गाडीमा पनि स्यानीटाइजर प्रयोग गरिएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीको गाडीमा समेत घाइतेको रगत रहेको, सुरक्षाकर्मीले घाइतेलाई अंगाले हालेर उद्दार गरेको हुँदा उद्दारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुने उनले बताए ।

‘पहिला घाइते र मृतकको स्बाव संकलन गरिएको छ,’ एसपी वलीले भने, ‘त्यो रिपोर्ट हेरेर उद्धारमा खटिएकाहरुको पनि कोरोना चेकजाँच हुनेछ ।’आफू अहिले घटनास्थलवाट फर्किरहेको बताएका एसपी वलीले गाडी धनी आउन लागेको हुँदा त्यसपछि मृतकको सनाखत गर्न सहज हुने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com