सिरहा : प्रहरी प्रमुखका अङ्गरक्षक र चालकमा कोरोना पुष्टि


प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

प्रहरी उपरिक्षक चतुर्वेदीका अङ्गरक्षक र चालकलाई कोरोना सङ्क्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गर्नुभएको हो । सङ्क्रमणको पुष्टि भएलगत्तै दुवै जनालाई सिरहा जिल्ला अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

अङ्गरक्षक र चालकको पिसिआर टेष्ट पोजिटिभ पाइएपछि प्रहरी उपरीक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्न थाल्नुभएको प्रजिअ गुरागाईंले जानकारी दिनुभयो । गत जेठ ५, ६ र ७ गते सिरहाको चोहर्वास्थित बहादुर श्री शेर गणमा दुवै जनाको स्वाब सङ्कलन गरिएको थियो । गणमा स्वाब सङ्कलन गरिएका गणपतिसहित अन्य सुरक्षा अधिकृत तथा सुरक्षाकर्मीको पिसिआर टेष्ट भने नेगेटिभ आएको छ ।

‘अझ पनि धेरै जनाको टेष्टको प्रतिवेदन आउन बाँकी नै छ’, प्रजिअ गुरागाईंले भन्नुभयाे, ‘अब अहिलेलाई सङ्क्रमित भएकाहरूको नजिकका सुरक्षाकर्मीहरूलाई अलग्याएर बाँकीलाई सुरक्षा गतिविधिमा खटाइने छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिरहामा योसँगै अहिलेसम्म कोरोना सङ्क्रमण भएकाको सङ्ख्या ८ पुगेको छ । कोरोना सङ्क्रमित बढ्दै गएपछि मङ्गलबार नै प्रमुख जिल्ला अधिकारी गुरागाईं, प्रहरी उपरीक्षक चतुर्वेदीसहित अधिकांश सुरक्षा अधिकृतहरूको पिसिआर परिक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com