नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु, संक्रमितको संख्या ४ सय ५३


प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । आज पुनः ९ संक्रमित थपिएका छन् ।

थपिनेमा झापाको ८ र रुपन्देहीका १ जना छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार थपिएका संक्रमितमा रुपन्देहीका १ पुरुष र झापाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय पुरुष र रुपन्देहीका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुमा भेटिएका संक्रमित शुद्दोधन गाउँपालिका वडा नम्बर। ३ का बर्ष १९ का पुरुष १ हुन । संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको कपिलवस्तुस्थित टिभी जर्नलिष्ट मनोज श्रीवास्तवले जानकारी गराउनु भएको छ । श्रीवास्तवका अनुसार योसंगै कपिलवस्तुमा संक्रमितको संख्या ६० पुगेको छ ।

यता रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमशन अस्पतालमा उपचारत गुल्मीका पुरुषको आज विहान निधन भएको पनि पनि प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । क्रिमसन अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका ६ का पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । उनको निधनसंगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरस संक्रमण भई काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत काठमाडौंका ४ जना आज स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । स्वास्थ्य लाभ गर्नेहरुमा २३ र २५ बर्षीया महिला र २७ र ३७ बर्षीय पुरुष रहेको पनि प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो । योसंगै नेपालमा कोरोना भाइरस संक्रमण भई निको हुनेको संख्या ४९ पुगेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com