नेपाली महिलालाई अपमानित गर्दै तुच्छ गाली गर्ने भारतिय नायिका अनुष्कालाई ‘लिगल नोटिस’


प्रकाशित मिति : जेष्ठ ७, २०७७ बुधबार

हालै ओटीटी प्लेटफर्ममा रिलिज भएको अनुष्का शर्माको वेब सिरिज विवादमा फसेको छ । सिरिजलाई बलिउड नायिका अनुष्का निर्माण गरेकी हुन् । यो सिरिजमा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ गाली’ को दृश्यका विषयमा नायिकालाई ‘लिगल नोटिस’ पठाइएको हो ।लिगल नोटिस विशेषतः कानूनी उपचार थाल्नुअघि विपक्षीलाई यसबारे जानकारी दिने हेतुले पठाइने गरिन्छ ।

कोभिड–१९ को महामारीका बेला भारतमा निःशुल्क कानूनी सल्लाह प्रदान गर्नका लागि बनेको वकिल समाजका एक सदस्य एवं प्रणय राय एण्ड असोसिएट्सको चेम्बरसँग जोडिएका वकिल विरेन श्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएका हुन् ।गुरुङले सिरिजको दोस्रो एपिसोडमा प्रयोग गरिएको ‘नेपाली रण्।।’ शब्दले पूरा नेपाली समुदायको अपमान गर्ने बताएका छन् ।

जातीवादी गालीको प्रयोगः

गुरुङले भने, ‘एक भिडियो क्लिपमा सोधपुछको क्रममा महिला पुलिस अधिकारीले नेपाली पात्रमाथि जातीवादी गालीको प्रयोग गर्छिन् । यदि नेपाली शब्दको मात्रै प्रयोग गरिएको भए यसमा कुनै समस्या थिएन तर त्यसपछि जुन शब्द प्रयोग गरिएको छ, त्यो शब्द अस्विकार्य छ । अनुष्का यो सिरियलकी निर्माता हुन् त्यसकारण उनलाई नोटिस पठाइएको छ । हालसम्म नायिकाको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।’

गोरखा समाज पनि रुष्टः

एक मिडिया रिपोर्टका अनुसार गोरखा समाजले पनि यो सिरिजको डायलगमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको छ । १८ मे मा उनीहरुले एउटा अनलाइन याचिका चलाएका छन् ।

के भनिएको छ याचिकामा ?

उक्त याचिकामा केन्द्रीय सूचना र प्रसारण मन्त्री प्रकाश जावेडेकर, ओटीटी प्लेटफर्म र सिरिजकी निर्माता अनुष्का शर्मालाई सम्बोधन गर्दै लेखिएको छ, ‘सिरिजको यो डायलगमा गोरखा महिलालाई गलत तरिकाले चित्रित गरिएको छ । शब्दलाई म्युट गर्नुपर्छ र सब टाइटल ब्लर गर्नुपर्छ साथै संसोधन गरिएको भिडियो सबैका लागि उपलब्ध गराउनुपर्छ । यसका साथै बिना शर्त माफी पनि माग्नुपर्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com