अमेरिकामा १२ सय डलरको राहत ४० लाखलाई डेबिट कार्ड मार्फत पठाइने


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

अहिलेसम्म कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले उपलब्ध गराएको १२ सय डलरको राहत बैंक एकाउन्टमा वा चेकमार्फत पठाउने गरिएको छ । तर अब उक्त रकम डेबिटकार्ड मार्फत समेत पठाइने भएको छ । झण्डै ४० लाखलाई डेबिट कार्डमार्फत पठाइने अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले जनाएको छ ।

डेबिटकार्डमार्फत व्यक्तिले रकम छिटो प्राप्त गर्नसक्ने जनाइएको छ । प्राप्त हुनासाथ डेबिट कार्ड एक्टिभेट गरेर सामान किन्न, एटीएमबाट निकाल्न र निशुल्क बैंक एकाउन्टमा समेत पठाउन सकिनेछ । डेबिट कार्ड प्राप्त गरेर बैंक खाता नहुनेहरुले समेत सहजै उक्त रकम प्रयोग गर्न पाउने भएका छन् ।

विगत ५ हप्तामा अमेरिकी सरकारले झण्डै १४० मिलियनलाई बैंकखाता वा चेकमार्फत रकम पठाइसकेको छ । अझैपनि झण्डै १ करोड व्यक्ति रकम प्राप्त गर्न प्रतिक्षामा रहेका छन् ।

आईआरएससँग डाइरेक्ट डिपोजिटका लागि बैंक एकाउन्ट नभएकाहरुलेमात्र डेबिट कार्ड प्राप्त गर्नेछन् । यसो गर्दा बैंक एकाउन्ट नहुनेहरुलाई पनि चेकलाई नगद बनाउन वा डिपोजिटको झन्झट हुनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चेकको साटो डेबिट कार्ड पठाउन लागिएको हो । अनलाइनमार्फत बैंक एकाउन्ट उपलब्ध गराउने विकल्पको म्याद सकिएको छ । तर विगतका बर्षमा कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुले अझै पनि अनलाइनमा आफ्नो विवरण दिएर रकम प्राप्त गर्नसक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com