फिलिपिन्समा समुद्री आँधी, डेढलाख मानिस प्रभावित


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीका बीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन थालेका छन् ।

भोङफोङ नाम दिइएको उक्त समुद्री आँधीले बिहीबार पूर्वी सामार प्रान्तको तटीय इलाकामा व्यापक असर पारेको थियो । फिलिपिनी जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुका अनुसार यो आँधी निकै घना बस्ती भएको उत्तरी लुजोन द्विपतर्फ बढेको छ ।

आँधीको उच्चतम वेग १२५ किलोमिटर प्रतिधण्टामा झरेको छ । शुरुमा यो आँधीको बेग १६५ किलोमिटर प्रतिघण्टा थियो । मौसम पूर्वानुमान विभागले यस आँधीको वेग केही कम भए पनि यसबाट तटीय इलाकाका गाउँघरमा ठूलै नोक्सान गर्ने जनाएको छ । यो आँधी आइतबार फिलिपिन्सको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।

उत्तरपूर्वी बाइकोल क्षेत्रमा १ लाख ४५ हजारभन्दा बढी गाउँलेहरुलाई आपतकालीन अस्थायी शिविरहरु खासगरी विद्यालयहरुमा सारिएको छ । नागरिक उद्धार कार्यालयका निर्देशक क्लाउडियो युकोटले सामार प्रान्तका अरु हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाइएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा भन्दा यसपटकको उद्धार कार्य निकै जटिल बनेको छ । उद्धारकर्मी र स्वयंसेवीले मास्क र सुरक्षित सामग्री लगाउनु परेको छ । युकोटका अनुसार कोरोनाभाइरस रोगबाट सुरक्षित राख्न पनि ठूलो संख्यामा मानिसहरुलाई उद्धार गर्न कठिन भएको छ ।

बाइकोल क्षेत्रमा पनि दर्जनौं व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका र चार जनाको मृत्यु समेत भएकाले यस पटकको उद्धार कार्य निकै जटिल बनेको युकोटको भनाइ छ । उनले उद्धार केन्द्रहरुको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बनेको बताए ।

विगतमा एउटा उद्धार आश्रय स्थलमा ४० जनासम्म राख्न मिल्थ्यो, अहिले चार परिवार मात्र राख्न सकिने भएको छ ।

मनिला समेत मुलुकका विभिन्न शहरमा लकडाउन जारी रहेको छ, तर फिलिपिन्स सरकारले समुद्री विपदालाई विचार गरी केही प्रभावित क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।

फिलिपिन्समा झण्डै १२ हजार मानिस कोरोना संक्रमित छन् भने ७९० जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरसबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुमा फिलिपिन्स सबैभन्दा बढी प्रभावित छ । –एपी/तस्बिरः एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com