हालसम्म भ्याक्सिनको कुनै ग्यारेन्टी छैनः डाक्टर एन्थोनी फाउची


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

अमेरिकाका संक्रामक रोगका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकी सिनेटरलाई लकडाउन खोल्ने विषयमा चेतावनी दिएका छन् । उनले हतारमा लकडाउन हटाइए कोरोनाको संक्रमण तीब्र रुपमा फैलने र लकडाउन खोल्ने बेला दिशानिर्देशको पालना गरिएन भने कोरोना संक्रमणले लाखौं मानिसहरुलाई गाँज्ने चेतावनी दिएका छन् ।

उनले अमेरिकामा मृत्यु हुनेको संख्या आधिकारिक ८२ हजारभन्दा पनि बढी हुनसक्ने बताएका छन् । एन्थोनी फाउचीको भनाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भन्दा भिन्न छ । ट्रम्पले अर्थव्यवस्थालाई पुनः सुचारु गर्नका लागि लकडाउन खोल्न चाहन्छन् । अमेरिकी राष्ट्रपतिले यसका लागि गाइडलाइन्स पनि जारी गरेका छन् ।

फाउची मंगलबार अमेरिकी सिनेटलाई भिडियो कन्फरेन्सिङमार्फत् सम्बोधन गरिरहेका थिए । अमेरिकाका विभिन्न प्रान्तमा लकडाउन खुकुलो पारिएको छ, उक्त प्रान्तमा संक्रमणको दर बढ्दो छ । एन्थोनी फाउचीले कोरोनाको संक्रमण सम्हाल्नै नसक्ने गरी फैलन सक्ने बताउँदै यस्तो स्थितीमा अर्थव्यवस्थालाई झट्का लाग्नुका साथै धेरैको ज्यान जानसक्छ ।

उनले सेप्टेम्बर महिनामा कोरोनाको संक्रमण पुनः बढ्न सक्ने बताएका छन् । उनले यसको पूरा सम्भावना भएको धारणा व्यक्त गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहरको खतरा भएकोले आफूहरुले निकै प्रभावकारी ढङ्गले यसबाट सुरक्षित रहने उपयबारे सोच्नुपर्ने उनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टर फाउचीले कोरोनाका लागि भ्याक्सिन तयार गर्ने विभिन्न कोसिस चलिरहेको तर ती भ्याक्सिन प्रभावकारी हुने नहुने भन्ने विषयको कुनै ग्यारेन्टी नभएको पनि बताए ।

स्रोतः बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com