नेपाली विद्यार्थी ‘डिजिटल रिले अनशन’मा


प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार

बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले यथाशिघ्र स्वदेश फर्काउन माग गर्दै ‘डिजिटल रिले अनशन’ सुरु गरेका छन् ।

डेढ महिनादेखि आफूहरुको अवस्था खतरा तर्फ धकेलिएको भन्दै उनीहरुले नेपाल सरकारलाई उद्दार गर्न माग गर्दै आएका छन्। आफैले खर्च व्यहोर्ने , सरकारले तोकेको ठाउमा क्वारानटाइन मा बस्न मन्जुर भएको बताएका छन् ।

उनिहरुले विश्वनै यस्तो बिपत परेको अवस्थामा आफुहरु अधिकांश चिकित्सा शास्त्रका बिधार्थी भएकाले आफ्नो सिप र ज्ञानले आफ्नै देश र जनताको सेवामा होमिन तयार रहेको भन्दै आएपनि पनि सरकारले उनीहरुलाई स्वदेश ल्याउन सकेको छैन। बंगलादेशमा अध्ययनरत विद्यार्थीहरुको हकहति र अधिकारका बारेमा निरन्तर आवाज उठाउँदै आएका बिधार्थी एवं युवा अभियन्ता नविन यादवका अनुसार गत शुक्रबारदेखि २४सैं घण्टा सरकारलाई दबाब दिने उद्देश्यअनुरुप डिजिटल रिले अनशन जारी राखिएको छ।

बंगलादेशमा रहेर चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले सरकारलाई तत्काल उद्दार गर्न र आफूहरुको रिले अनसनलाई गम्भीरतापूर्वक लिन अनुरोध गरेका छन्। बंगलादेशमा दिनादिनु कोरोनाको संक्रमण तिब्र गतिमा बढ्दै गए पनि लक् डाउन खुल्दै गएपछि, मानिसहरुको जमघट बढ्दै बढ्न थालेको छ , बजार, पसल आदि खुल्न थालेको छ ,यसले बंगलादेश चाडै नै हाइ अलर्ट मा परिवर्तन हुने विद्यार्थीहरु बताउछन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

मे को अन्तिम सम्म बंगलादेशमा ५० हजार देखि १ लाख सम्म कोरोन सक्रमित संख्या पुग्न सक्ने अनुमान गरिएको छ । यस्तो बेलामा त्यहाँ रहेका करिब ८०० जना नेपाली बिधार्थिहरु त्रशित एवं अन्यौलमा परेको विद्यार्थी नविन यादव बताउछन् । त्यहाँ रहेका नेपाली राजदुतावासबाट पनि झुठा आश्वाशन बाहेक केहि पहल नभएको भन्दै बिधार्थिहरु आक्रोशित बनेको समेत यादवले गुनासो ब्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com