ओबामाले गरे ट्रम्पको कडा आलोचना !


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् ।कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् ।

ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक नीजि कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक ‘अराजक–आपत्तियुक्त’ स्थिती बताएका छन् ।उक्त कुराकानीको क्रममा पूर्व राष्ट्रपति ओबामाले नोभेम्बरमा हुने चुनावमा जो बिडेनको समर्थन गर्दै एउटा ठूलो भूमिका निभाउन चाहेको बताए ।

ओबामा एलुम्नाई असोसिएसनका सदस्यसँगको करिब आधा घण्टाको उक्त कुराकानीमा विश्वव्यापी महामारीको यो समयले मजबुत सरकारको नेतृत्वको आवश्यकतालाई पुनः एकपटक स्मरण गराइदिएको उनले बताए । उक्त टेलिफोन वार्ता ओबामाका पूर्व कर्मचारीलाई बिडेनको चुनावी अभियानमा बढीभन्दा बढी सक्रिय रहन आग्रहसहित गरिएको थियो ।

‘आउँदै गरेको चुनाव अत्याधिक महत्वपूर्ण छ किनभने हामी विशेष एक व्यक्ति वा राजनीतिक पार्टीसँग संघर्ष गरिरहेका छैनौं,’ ओबामाले भने । ‘हामी जुन कुराविरुद्ध लडिरहेका छौं, त्यो दीर्घकालीन प्रवृत्ति हो जसमा –स्वार्थी हुनु, आदिवासी हुनु, विभाजित हुनु र अन्य व्यक्तिलाई दुश्मन देख्नु– यो अमेरिकी जीवनमा एक बलियो आवेग बनेको छ ।’याहू न्यूजले टेलिफोनवार्ताको अडियो रेकर्डसमेत प्रकाशित गरेको छ । ओबामाका प्रवक्ताले पूर्व राष्ट्रपतिको बयानबारे टिप्पणी गर्न अस्विकार गरे ।स्रोतः सीएनएन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com