ल्याबबाट कोरोना भाइरस सुरु भएको अमेरिकी आरोप चीनबाट अस्वीकार


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

चीनको युहानमा रहेको ल्याबबाट कोरोना भाइरस सुरु भएको कैयन प्रमाणहरु रहेको भन्दै अमेरिकी विदेशमन्त्री माइक पम्पिओले गरेको दावी चीनले अस्वीकार गरेको छ । चीनको सरकारी ग्लोबल टाइम्स न्युजपेपरले आफ्नो सम्पादकीयमार्फत अमेरिकी दावी अस्वीकार गरेको छ । पूर्व सीआईएस निर्देशकले आधारहिन आरोप लगाएर विश्वलाई स्तब्ध बनाएको सम्पादकीयमा भनिएको छ ।

यदि पम्पिओसँग त्यस्ता प्रमाणहरु छन् भने उनलाई त्यस्ता कथित प्रमाण विश्वसामु पेश गर्न सम्पादकीयमार्फत चुनौती दिइएको छ । उनीसँग त्यस्तो कुनै प्रमाण नरहेको र आइतबारको अन्तरवार्तामा उनले झुठो बोलेको चीनको पत्रिकाको सम्पादकीयमा दावी गरिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले कोरोना भाइरसको महामारी चीनको ल्याबबाट सुरु भएका कैयन प्रमाणहरु रहेको दावी गरेका थिए । आइतबार उनले यस्तो दावी गरेपनि कस्ता प्रमाण भन्नेबारे केही बताएनन् ।

अमेरिकी खुफियाले चीनको ल्याबबाट भाइरस आएको हुनसक्ने सम्भाव्यताबारे अनुसन्धान गरिरहेको जनाइएको थियो । माइक पम्पिओले यसभन्दा अगाडि पनि यो सम्भाब्यताबारे अमेरिकाले अनुसन्धान गरिरहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियो हेर्नुहोस् ।

तर आइतबार एबीसी टेलिभिजनसँगको अन्तरवार्तामा उनले भनेका थिए  – ‘यो कहाँबाट सुरुभयो भन्नेबारेमा हामीसँग कैयन प्रमाणहरु छन् । म भन्न सक्छुकी यो युहानको ल्याबबाट आएकोबारे प्रयाप्त प्रमाणहरु छन् ।’

अन्तरवार्ताका क्रममा कोभिड १९ को कारक कोरोनाभाइरस ल्याबमा भएको दुर्घटनाको परिणामस्वरुप बाहिरिएको वा नियतपूर्वक ल्याबमा नै बनाइएको भन्नेबारे भने पम्पिओ अन्यौलमा देखिएका थिए । तर उनले भने – ‘बरिष्ठ विज्ञहरुले यो भाइरस मानवनिर्मित भएको सोंचेको देखिन्छ । उक्त कुरामा मैले अविश्वास गर्नुपर्ने कुनै कारण छैन ।’

तर जब अन्तरवार्ताका क्रममा अमेरिकी खुफियाले भाइरस मानवनिर्मित नभएको र जैविकरुपमा प्रशोधित गरिएको नभएको बताउँदै औपचारिक वक्तब्य जारी गरेको स्मरण गराइएको थियो । तब पम्पिओले भने – ‘त्यो सही हो । म त्यसमा सहमत छु ।’

डोनाल्ड ट्रम्पले पनि विहिबार यस्तै अपुष्ट दावी गरेका थिए । सोही दिन पम्पिओले एउटा रेडियो अन्तरवार्ताका क्रममा भाइरस युहान इन्स्टीच्युट अफ भाइरोलोजीबाट आएकोबारे आफूलाई थाहा नभएको बताएका थिए । त्यस्तै उनले भाइरस मासुबजार वा अन्य ठाउँबाट आएकोबारे पनि आफूलाई थाहा नभएको र कहाँबाट आयो भन्ने जवाफ आफूसँग नभएको बताएका थिए ।

कैयन महामारीविदहरुले युहान इन्स्टीच्युट अफ भाइरोलोजीबाट महामारी सुरु भएको हुनसक्ने सम्भावना रहेको बताएका छन् । यो ल्याबमा विभिन्न प्रकारका कोरोनाभाइरसबारे अध्ययन गरिदै आएको छ । तर यो सिद्धान्त प्राकृतिक रुपमा चमेराबाट कुनै जनावरमा संक्रमणभएर मान्छेमा फैलिएको हुनसक्ने सिद्धान्तको तुलनामा कम सम्भावित देखिन्छ ।

चीनले भाइरस ल्याबबाट फुत्केको हुनसक्ने सम्भावनालाई अस्वीकार गरेको छ । तर चीनका अधिकारीहरुले विश्व स्वास्थ्य संगठन लगायतका अनुसन्धानकर्ताहरुलाई भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न स्वीकृति दिएका छैनन् । चीनले मासुबजारबाट कोरोना फैलिएको बताएपनि उक्त मासुबजारबाट लिइएका नमुनाहरु पनि उपलब्ध गराउन मानेको छैन ।

सन् २०१८ मा अमेरिकी कुटनीतिज्ञ र वैज्ञानिकहरुले युहान इन्स्टीच्युट अफ भाइरोलोजीको सुरक्षा मापदण्डबारे चासो व्यक्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com