बलिउडका चर्चित,स्व.अभिनेता ऋषि कपूरको फिल्मी यात्रा


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

एजेन्सी, ऋषि कपुरको अवसान भएको छ । उनी ६७ वर्षका थिए । उनी ल्यूकेमिया अर्थात् रगतको क्यान्सरसँग जुधिरहेका थिए । बिहिबार बिहान एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा उनको निधन भएको हो । बुधबार इरफान खानको निधनको खबरले स्तब्ध भएको बलिउड ऋषि कपुरको निधनले थप मर्माहित बनाएको छ । पारिवारिक श्रोतका अनुसार उनले अन्तिम समयसम्म पनि आफ्नो बानी छोडेनन् । अस्पतालमा डाक्टर–मेडिकल स्टाफलाई हँसाइरहे, उनीहरुलाई मनोरञ्जन प्रदान गरिरहे ।

यसअघि गत बिहिबार पनि उनको स्वास्थ्य खराब भएको थियो । उनलाई अस्पतालमा भर्ना गरिएको थियो तर चार घण्टापछि उनलाई डिस्चार्ज गरिएको थियो । पछि उनलाई छातीको संक्रमण, सास फेर्न समस्या र ज्वरो आएका कारण उनलाई पुनः अस्पताल भर्ना गरियो । उनको स्थिती बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखियो । बिहिबार बिहान ३ बजेदेखि उनले केही पनि प्रतिक्रिया नदिएको बताइन्छ । जब उनले अन्तिम सास फेरे तब उनीसँग श्रीमती नीतू र छोरा रणबीर उपस्थित थिए ।

परिवारले भने, ‘ल्यूकेमिया हुँदासमेत परिवार, साथीभाइ, फिल्म र खानामा उनको ध्यान केन्द्रीत थियो’

ऋषि कपुरको निधन पछि परिवारको तर्फबाट एउटा सन्देश जारी गरियो जसमा लेखिएको थियो, ‘दुई वर्षसम्म ल्यूकेमियासँगको युद्धपछि हाम्रा प्यारा ऋषि कपुरको आज बिहान ८ बजेर ४५ मिनेटमा निधन भयो । अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीले अन्तिम समयसम्म आफूहरुलाई मनोरञ्जन दिइरहेको बताए । दुई महाद्वीपमा उनको दुई वर्षसम्म उपचार चल्यो र यतिबेला उनले निकै हँसीमजाक गरिरहे । परिवार, साथीभाइ, खाना र फिल्म उनको फोकसमा रह्यो । ’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘संसारभरीबाट पाएको प्रशंसकको प्रेमप्रति उनी ऋणी थिए । उनको निधनपछि सबै प्रशंसकले यो बुझनेछन् कि ऋषि आँसुसहित होइन, मुस्कानसहित याद गरिनेछन् । यो क्षतीबीच हामीले यो बुझिरहेका छौं कि संसार अहिले निकै मुश्किल अवस्थाबाट गुज्रिरहेको छ । मानिसहरुको आवतजावत र एकै स्थानमा जम्मा हुन प्रतिबन्ध छ । हामी उनका सबै प्रशंसक, शुभ चिन्तक र आफन्तलाई नियम कानूनको सम्मान गरिदिन आग्रह गर्छौं ।’

२ वर्ष अघि भएको थियो क्यान्सरः

सन् २०१८ मा ऋषि कपुरलाई क्यान्सर भएको थियो । उपचारका लागि उनी अमेरिका गएका थिए । त्यहाँ ११ महिना बसेपछि गत वर्ष सेप्टेम्बरमा भारत फर्किएका थिए । अमेरिकामा उनीसँग उनकी श्रीमती नीतू थिइन् । रणबीर थुप्रै पटक उनलाई भेट्न न्यूयोर्क गएका थिए । केही दिन अघि ऋषि कपुरले एक अन्तरवार्तामा भनेका थिए, ‘अब म निकै राम्रो महसुस गरिरहेको छु । र जे पनि काम गर्न सक्छु । सोचिरहेको छु कि अभिनयलाई पुनः सुरु गरुँ । थाहा छैन, मानिसहरुलाई अब मेरो काम मनपर्छ वा पर्दैन । न्यूयोर्कमा थुप्रै पटक ममाथि रगत चढाइएको थियो । त्यतिबेला मैले नीतूलाई शरीरभरी नयाँ रगत हुँदासमेत अभिनय बिर्सने छैन भन्ने गर्दथे ।’

फेब्रुअरीमा दुई पटक अस्पताल भर्ना भएका थिए ऋषिः

ऋषि कपुर फेब्रुअरीमा दुई पटक अस्पताल भर्ना भएका थिए । एकपटक जब उनी दिल्लीमा एक पारिवारिक कार्यक्रममा भाग लिन गएका थिए तब उनलाई त्यहाँ एक अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला ऋषिले आफू संक्रमणद्वारा पीडित भएको बताएका थिए । मुम्बई फर्किएपछि उनलाई पुनः भाइरल ज्वरोका कारण अस्पताल भर्ना गरियो तर उनको स्वास्थ्यमा चाँडै नै सुधार भएपछि उनलाई3 छुट्टी दिइएको थियो ।

एक महिनादेखि सोसल मिडियामा केही पोष्ट गरेका थिएनन्ः

सोसल मिडियामा बौद्धिक र आक्रामक कमेन्टका लागि चर्चित ऋषिले अप्रिल २ पछि ट्वीटर अकाउन्टमा केही पनि पोष्ट गरेका थिएनन् । उनले केही दिन अघि दीपिका पादुकोणसँग हलिउड फिल्म ‘द इन्टर्न’ को रिमेकमा काम गर्न लागेको घोषणा गरेका थिए ।

पृथ्वीराज कपुरका नाती र राज कपुरका छोराः

चिन्टु नामबाट चर्चित ऋषिको जन्म ४ सेप्टेम्बर १९५२ मा मुम्बईको चेम्बूरमा भएको थियो । उनी राज कपुरका माहिलो छोरा र पृथ्वीराज कपुरका छोरा थिए । उनले मुम्बईको क्याम्पियन स्कूल र अजमेरको मेयो कलेजमा आफ्ना दाजुभाइसँग पढे । रणधीर कपुर उनका दाइ थिए भने उनका भाइ राजिव कपुर हुन् । ऋषि र नीतूका दुई सन्तान छन् – रणबीर र रिदीमा ।

ऋषिको फिल्मी यात्राः

ऋषि कपुरले सन् १९७० मा बुवाको फिल्म ‘मेरा नाम जोकर’ बाट डेब्यू गरेका थिए । यो फिल्ममा ऋषिले आफ्नो पिताको बाल्यकालको भूमिका निभाएका थिए । ऋषि कपुर सन् १९७३ मा रिलिज भएको बबी नामक फिल्ममा नायकको भूमिकामा देखिए । आफ्नो करियरमा सन् १९७३–२००० सम्म ९२ फिल्ममा रोमान्टिक हिरोको भूमिका निभाए । सोलो लिड एक्टरको रुपमा ५१ फिल्ममा अभिनय गरे । ऋषि आफ्नो जमानाको चकलेटी हिरोमध्येका एक थिए । उनले श्रीमती नीतूसँग १२ वटा फिल्ममा अभिनय गरिन् ।

ऋषिले निर्देशनमा पनि आफ्नो हात अघि बढाए । उनले सन् १९९८ मा अक्षय खन्ना र ऐश्वर्या रायद्वारा अभिनित फिल्म ‘आ अब लौट चले’ फिल्म निर्देशन गरे । ऋषि कपुरले आफ्नो करियरको सुरुवात रोमान्टिक भूमिकामा निभाएका थिए तर फिल्म ‘अग्निपथ’ मा उनलाई खलनायकको भूमिका देख्दा सबैजना अचम्मित भएका थिए । ऋषिले यसका लागि आइफा बेस्ट नेगेटिभ रोलको अवार्ड पनि हात पारेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com