कोरोना संक्रमणबाट निको हुनेको संख्या १० लाख 


प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार

महामारीको रुप लिएको कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख २८ हजार १९० पुगेको छ । संक्रमण हुनेको संख्या भने ३२ लाख १९ हजार नाघेकाे छ ।

सङ्क्रमितमध्ये १० लाखभन्दा बढी भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.३८ गुणा बढी रहेकाे छ । याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये ३१.०६६ प्रतिशत निकाे भएकाे छ भने ७.०८८ प्रतिशत मृत्यु भएकाे छ ।

पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट साढे ५ हजारले ज्यान गुमाएका छन् भने ८१ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित थपिएका छन् । अहिले विश्वभर १९ लाख ९० हजार १४१ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५९ हजार ८०८ जनाको अवस्था भने गम्भीर रहेको छ । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ६१ हजार ८५६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३९० बढीकाे मत्यु भएको छ भने २८ हजार बढी जना नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या १० लाख ६४ हजार १९४ पुगेको छ । तीमध्ये एक लाख ४७ हजार ४११ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ८ लाख ५५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १८ हजार ६७१ काे अवस्था गम्भीर रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २७ हजार ६८२ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ३५ हजार ५९१ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ७१ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ एक लाख ४ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने १७ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ३६ हजार ८९९ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २४ हजार २७५ ले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ३२ हजार भने पूर्णरूपमा निकाे भइसकेकाे छ । अहिले त्यहाँ ७९ हजार बढी कोरोना सक्रिय रहेको छ । तीमध्ये ७ हजार ७ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी, फ्रान्स, बेलायत, टर्की र इरान पनि रहेको छ । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६६ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २४ हजार ८७४ पुगेको छ ।

संक्रिमतमध्ये ४८ हजार २२८ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९४ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये साढे ४ हजार २०७ अवस्था भने गम्भीर रहेको छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ६१ हजार ५३९ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ६ हजार ४६७ पुगेको छ । अहिले जर्मनीमा ३४ हजार ६७२ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख २० हजार ४ सय भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा २६ हजार ९७ जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ६५ हजार २२१ पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ३८ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख साढे १७ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ८१ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ४४ हजार भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७० हजार ४६८ जनामा काेराेना सक्रिय रहेकाे छ ।

इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ९५७ पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ९३ हजार ६५७ संक्रमित भएका छन् । संक्रमितमध्ये ७३ हजार बढी निकाे भएका छन् । कोरोनाको उद्गम स्थल चीन भने अहिले ६१९ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ६१० जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८६२ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com