सबा दुईकरोडले फाइल गरे अमेरिकामा बेरोजगारी बिमा रकम


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

विगत चारसाताको अन्तरालमा अमेरिकामा २ करोड २० लाखले बेरोजगारी सुविधाका लागि आवेदन दिएका छन् । उनीहरु कोरोना भाइरसका कारण बेतलवी विदामा रहेकाहरु र अस्थायी रुपमा काम गुमाएकाहरु समेत हुन् । अमेरिकी सरकारले कोरोनाको महामारीबाट बच्न अत्यावश्यकबाहेकका अन्य कामदारलाई घरमै बस्न भनेपछि लाखौं व्यक्ति विनातलब घरमा बस्न बाध्य भएका छन् ।

गत मार्च १४ पछिको अवधिमा उनीहरुले वेरोजगारी सुविधाका लागि फायल गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण वेरोजगार भएकाहरुलाई अमेरिकाको संघीय सरकारले साप्ताहिक ६ सय र राज्य सरकारले नियमित वेरोजगारी विमा रकम प्रदान गर्दछ । संघीय सरकारले प्रदान गर्ने साप्ताहिक ६ सय भने कतिपय राज्यमा अझै दिन सुरु गरिएको छैन ।

सन् १९६७ यता अमेरिकी सरकारको लेबर डिपार्टमेन्टले तथ्यांक राख्न सुरुगरेदेखि यति धेरै बेरोजगारी विमा रकमका लागि आवेदन दिइएको यो नै पहिलोपटक हो । भयानक आर्थिक मन्दीका बेलामा पनि झण्डै ८६ लाख अमेरिकनलाई काम गुमाउनका लागि झण्डै २ बर्ष लागेको थियो ।

अप्रिल ५ देखि ११ सम्ममात्र बेरोजगारी विमा रकमका लागि आवेदन दिनेहरु ५२ लाख रहेका छन् । गत फरबरीमा अमेरिकामा बेरोजगारी दर ऐतिहासिक रुपमा नै कम अर्थात् ३ दशमलव ५ प्रतिशत थियो । अ अप्रिलमा यो दर दोहोरो अंकमा पुगेको छ । अप्रिलमा १५ प्रतिशतसम्म बेरोजगारी दर बढ्ने अनुमान गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क लगायतका ६ वटा राज्यहरुका लागि १० हप्तासम्ममात्र बेरोजगारी विमा रकम प्रदान गर्ने कोष रहेको र बाँकी रकमका लागि संघीय सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको छ । अप्रिल ११ सम्म अमेरिकामा १ करोड २० लाखले बेरोजगारी विमा बापतको रकम पाउन सुरु गरिसकेका छन् ।

सरकारले सेल्फ इम्प्लोयड लगायतका कामदारका लागि पनि बेरोजगारी रकम प्राप्त गर्ने व्यवस्था गरेको छ । तर कैयन कामदारहरुले उक्त रकम प्राप्त गर्न निकै संघर्ष गर्नुपरिरहेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com