गोरखाका विद्यार्थी गुरुङको अष्ट्रेलियामा ट्रेनको ठक्करबाट मृत्यु
अष्ट्रेलियामा ट्रेनको ठक्करबाट एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । स्ट्राथफिल्डमा ट्रेनको लिकमा नेपाली विद्यार्थीको मृत्यु भएको जनाइएको छ ।
मृत्यु हुने विद्यार्थी मिलन गुरुङ रहेको जनाइएको छ । उनले आफै ट्रेनको लिकमा हाम्फालेको जनाइएको छ ।
उनी गोरखाबाट अष्ट्रेलियामा अध्ययनका लागि आएका थिए । झण्डै २ महिना अगाडि उनी ब्रिसबेनबाट सिड्नीमा बसाई सराई गरेका थिए ।





