कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ७४६ पुग्यो : विश्व स्वास्थ्य सङ्गठन


प्रकाशित मिति : चैत्र १०, २०७६ सोमबार

विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म १४ हजार ७४६ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४१ हजार ४ सय जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमा ९९ हजार ४० जना उपचारपछि घर फर्किएका छन् । दुई लाख २६ हजार ३१२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन् ।हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण पाँच हजार ४७६ व्यक्तिको मृत्यु भएको छ ।

हाल ५९ हजार १३८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार सात हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ६८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६८५ जना सङक्रमित रहेका छन् । सात हजार ९१३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण ४५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने १७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ६७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङक्रमित रहेका छन् । एक हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १११ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ९६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार १६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ । सात हजार ७२४ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण २८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६८३ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २०४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ६१९ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४०१ सङ्क्रमित भएका छन् । यसैबीच ३४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com