ओस्कार विजेता टमका दम्पती कोरोना भाइरसबाट संक्रमित


प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहीबार

ओस्कार विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ । अष्ट्रेलियामा रहेका ह्यांक्सले सामाजिक सञ्जाल इन्टाग्राममार्फत आफू र श्रीमतीलाई भाइरसको संक्रमण भएको जानकारी दिएका हुन् ।

६३ वर्षीय अभिनेता ह्यांक्स गायक एल्भिस प्रिस्लेको जीवनीमा आधारित ‘बायोपिक’को छायांकनका लागि अष्ट्रेलियामा पुगेका थिए । उनीहरुले यसबारे अपडेट गरिरहने पनि बताएका छन् ।

अष्ट्रेलियामा बिहीबारसम्म १३९ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ भने ३ को मृत्यु भएको छ । टम ह्यांक्सले सन् १९९३ मा ‘फिलाडेल्फिया’ र सन् १९५४ मा ‘फरेस्ट गम्प’ बाट उत्कृष्ट अभिनेताका लागि ओस्कार अवार्ड जितेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com