न्युयोर्क : लङ आइल्याण्डमा स्कुल बसका २ चालकमा कोरोना, वेष्टचेस्टरमा सेना परिचालन


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

न्युयोर्कको लङ आइल्याण्डमा स्कुल बसका दुईजना चालकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनीहरुले झण्डै ८० जना विद्यार्थीहरुलाई बसमा चढाउँदै आएका थिए ।

ती बसमा चढेका विद्यार्थीका अधिकांश परिवारलाई स्वास्थ्य विभागले क्वारेन्टाइनमा राखेको छ । स्कुल बसका ड्राइभरमा कोरोना संक्रमण पाइएपछि त्यस क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ ।

लङ आइल्याण्डमा अहिलेसम्म १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यहाँका ७२ जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ भने ७४ जनालाई सावधानीयुक्त क्वारेन्टाइनमा राखिएको छ । १० जनाको ल्याब रिपोर्ट आउन बाँकी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क राज्यमा अहिलेसम्म १७३ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । हिजोबाट थप ३१ जनामा संक्रमण पुष्टी भएको हो । न्युयोर्क सिटीमामात्र कोरोना संक्रमितको संख्या ३६ पुगेको छ ।

न्युयोर्क राज्यको कोरोनाको इपिसेन्टर वेस्टचेस्टर काउन्टी रहेको छ । त्यहाँ १०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वेष्टचेस्टरको न्यु रोशेललाई संक्रमित क्षेत्रमा रुपमा घोषणा गरिएको छ ।

त्यस क्षेत्रका विद्यालयहरु २ साताका लागि बन्द गरिएको छ भने त्यस क्षेत्रमा समुदायको सहयोगका लागि सेना परिचालन गरिने भएको छ । न्यु रोशेलको एकमाइल आसपासको क्षेत्रलाई जोखिमपूर्ण मानिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com