अमेरिकाका ३७ राज्यमा कोरोना, ९ राज्यमा संकटकाल


प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार

आज न्युजर्सीका गभर्नर फिल मर्फीले संकटकालको घोषणा गरेपछि कोरोना संक्रमणका कारण संकटकाल घोषणा गर्ने राज्यको संख्या अमेरिकामा ९ पुगेको छ । यसअगाडि विभिन्न ८ वटा राज्यले संकटकालको घोषणा गरिसकेका छन् ।

ओरेगन, क्यालिफोर्निया, न्युयोर्क, वासिंटन, केन्टकी, मेरिल्याण्ड, ओहायो र फ्लोरिडाले संकटकाल घोषणा गरिसकेका छन् । अहिलेसम्म अमेरिकाका अधिकांश राज्यमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

अमेरिकामा मृतकको संख्या २७ पुगिसकेको छ भने संक्रमितको संख्या ७ सय ८ पुगेको छ । अहिलेसम्म अमेरिकाका ३७ राज्यमा कोरोना संक्रमण पुष्टी भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा धेरै वासिंटन राज्यमा १७९, त्यसपछि न्युयोर्कमा १४२ र क्यालिफोर्नियामा १३९ मा संक्रमण पुष्टी भएको छ । मासाचुसेट्समा २८ र टेक्सासमा २४ जनामा संक्रमण भएको छ ।

अमेरिकामा संक्रमितहरुमध्ये ३१४ जनालाई कसरी संक्रमण भयो भन्ने केही खुलेको छैन । न्युयोर्कको न्यु रशेलमा वकिलमा भएको संक्रमण अरु ५३ जनामा फैलिएको छ । किर्कल्याण्ड वासिंटनमा ५३ जना नर्सिंग होममा संक्रमण भएका छन् ।

डायमण्ड प्रिन्सेस क्रुजसिपमा ४३ जना, अमेरिकामा व्यक्तिगत सम्पर्कबाट ४२ जना, विदेशमा यात्रा गरेकाहरु ३३ जना, इटली यात्रा गरेकाहरु २८, इजिप्ट यात्रा गरेकाहरु २८ जना, बोस्टनको बिजनेश कन्फ्रेन्समा गएकाहरु २७ जना, मार्चको ग्राण्ड प्रिन्सेस क्रुजसिपमा २१ ज्ना, फरबरीमा ग्राण्ड प्रिन्सेस क्रुजसिपमा १८ जना, चीनको यात्रा गरेकाहरु १५ जना, अमेरिकाभित्रै यात्रा गरेकाहरु १५ जना, क्यालिफोर्नियाको भ्याकाभिल अस्पतालमा ३ जना , साउथ कोरियाको यात्रा गरेका १ जना र इरान यात्रा गरेका एकजना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com