६० बर्ष कटेका र बिरामीलाई घरबाहिर नजान अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको सुझाव


प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले ६० बर्ष कटेकाहरु, मुटु तथा फोक्सोसम्बन्धि रोग भएकाहरु, मधुमेह वा अन्य इम्युन सिस्टम कमजोर पार्ने रोग भएकाहरुलाई घरबाहिर ननिस्कन सुझाव दिएको छ । सीडीसीले बिरामी र बृद्धबृद्धाहरुलाई सकभर घरभित्रै बस्न सुझावसहित नयाँ निर्देशिका जारी गरेको छ ।

सीडीसीका अनुशार ६० कटेकाहरु अन्यका तुलनामा दुईगुणा कोरोना संक्रमणको जोखिममा रहेका छन् । अमेरिकी सरकारसँग सम्बद्ध दुईजना बरिष्ठ संक्रमक रोग विशेषज्ञहरुले यो निर्देशिका तयार पारेका हुन् ।

सीडीसीको निर्देशिकाको पूरै पाठ यहाँ पढ्न सक्नुहुनेछ ।

६० कटेकाहरु र स्वास्थ्य समस्या भएकाहरुलाई भींडभाडमा, विमानयात्रामा, चलचित्र भवनहरुमा, कन्सर्टहरुमा, प्राथनासभाहरुमा, भींडभाडयुक्त मलहरुमा नजान सुझाव दिइएको छ । सीडीसीका लामोसमयदेखिका सल्लाहकार तथा भान्डर्बिल्ट विश्वविद्यालयका प्राध्यापक डाक्टर विलियम शेफनरले उल्लेखित दुई समुहका भींडभाडयुक्त स्थलमा नजान सुझाव दिएका छन् ।

त्यस्तै मिनेसोटा को लागी पूर्व राज्य महामारी रोग विशेषज्ञ डाक्टर माइकल ओस्टरहोलमले पनि दुईसमुहका व्यक्तिलाई सकभर घरभित्रै बस्न सुझाव दिएका छन् । स्वास्थ्य र जवान व्यक्तिहरुले कोरोना संक्रमणको सामान्य लक्षणको सामना गर्नुपरेको उनीहरुले बताएका छन् । कहिलेकाँही जवान र स्वस्थ्य व्यक्तिमा कोरोना संक्रमणको लक्षण समेत नदेखिने गरेको उनीहरुको भनाई छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यी दुबैजना विशेषज्ञहरु आफै पनि ६० कटेकाहरु हुन् । उनीहरुले आफ्ना लागि पनि त्यस्ता कदमहरु चालिसकेको र सावधानी अपनाइरहेको बताएका छन् । आफू र पत्नी किनमेलमा जाँदा रातीमा जाने गरेको र भींडभाडयुक्त मलहरुमा नजाने गरेको डाक्टर शेफनरल बताएका छन् ।

यो कुनै निर्देशन नभएको र आफूले सबैलाई घरमा बस्न र एक महिनाको लागि ढोका लक गर्न नभनेको डाक्टर शेफनरको भनाई छ । बरु हरेक पटक भीड वा समूहसँग मिल्दा विचारमात्र गर्न भनेको उनले बताएका छन् ।

उदाहरणका लागि यदि कोही हजुरबा हजुरआमा नातिनातिनीको विवाहमा सम्मिलित हुन चाहेमा उनीहरु एकछेउ लागेर बस्न र अँगालो हाल्ने तथा चुम्बन गर्नुको सट्टा आफन्तहरूसँग कुहिनो ठोक्काउन सक्ने विशेषज्ञहरुले सुझाव दिएका छन् । नेपाल र भारत लगायतका मुलुकमा भेटघाटमा हात मिलाउने र अंगालो हाल्नुको साटो नमस्कार गर्न थालिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com