कोरोना भाइरसको महामारीकालागि अमेरिका तयार, संक्रमण बर्षभरी नै रहने अनुमान


प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार

रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले कोरोना भाइरसको महामारीका कारण आउनसक्ने सबैभन्दा खराब अवस्थाको सामना गर्नका लागि तयारी गरिरहेको छ । सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले कोरोनाको भाइरसको संक्रमण यो बर्षभन्दा पछाडिसम्मसमेत जारी रहनसक्ने बताएका छन् ।

अमेरिकामा फैलिनसक्ने कोरोना भाइरसको महामारीका लागि अमेरिकाले तयारी गरेको छ । यो भाइरस अमेरिकामा सामुदायिक भाइरसका रुपमा फैलिनसक्ने अनुमान गरिएको छ ।

शोधकर्ताहरुले कोरोना भाइरसको संक्रमणका लागि भ्याक्सिन निर्माण गर्न एकबर्षभन्दा लामोसमय लाग्ने बताएका छन् । अहिलेसम्म कोरोना भाइरस संक्रमणको औषधी पत्ता लागेको छैन । तर औषधीको मिश्रण गरेर उपचार गरिदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म अमेरिकाका सातवटाराज्यहरुमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । क्यालिफोर्नियामा ८ जनामा, इलिनोयमा २ जनामा, एरिजोना, वासिंटन, मासाचुसेट्स, विसकन्सिन र टेक्सासमा एकएकजनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ ।

अहिलेसम्म विश्वमा झण्डै ६५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट झण्डै १४ सय जनाको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com