ज्यान लिनेमा सार्सलाई उछिन्यो कोरोनाले, मृतकको संख्या ८१३, भ्याक्सिन बनाउन एकबर्ष


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

घातक कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ८ सय १३ नाघेको छ । आइतबारमात्र भाइरस संक्रमणबाट चीनमा ८९ जनाको मृत्यु भएको छ । ज्यान लिनेमा कोरोनाले सार्सलाई उछिनेको छ ।

चीनमामात्र कोरोनाको संक्रमणबाट ८ सय ११ जनाको मृत्यु भएको छ । त्यो बाहेक फिलिपिन्समा एकजना र हंगकंगमा एकजनाको मृत्यु भएको छ । सन् २००२ र सन् २००३ मा सार्सबाट ७७४ जनाको मृत्यु भएको थियो । सार्सबाट ८०९६ जना संक्रमित भएका थिए ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चीनमामात्र ३७ हजार १ सय ९७ पुगेको छ । गत डिसेम्बरबाट फैलिन सुरु गरेको कोरोना भाइरसको संक्रमण युहानको जलाहार बजारबाट फैलिएको थियो ।

यसैबीच कोरोना भाइरसबिरुद्ध लड्ने भ्याक्सिन बनाउन कम्तीमा पनि एकबर्ष लाग्ने शोधकर्ताहरुले बताएका छन् । यो भ्याक्सिन सबैभन्दा छिटो तयार भएमा सन् २०२१ को जनवरीमा आउने उनीहरुको भनाई छ ।

कोरोना भाइरसबाट मृत्यु भएका चिकित्सक ।

सिंगापुरमा मात्र संक्रमितको संख्या ४० नाघेको छ । त्यस्तै दक्षिण कोरियामा २५ जना कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com