चीनबाट र चीनहुँदै अष्ट्रेलिया आएमा भिसा रद्द गरेर हिराशतमा राखिने, रातभरमा ७१ को भिसा रद्द


प्रकाशित मिति : माघ १९, २०७६ आईतबार

अष्ट्रेलियाको सरकारले चीनबाट र चीनहुँदै अष्ट्रेलिया आउन निषेध गरेको छ । यदि कोही व्यक्ति आएको खण्डमा भिसा रद्द गरिने र हिराशतमा राखिने अष्ट्रेलियाको सरकारले चेतावनी दिएको छ ।

सरकारले यस्तो प्रतिबन्ध लगाएपछि चीनबाट अष्ट्रेलिया जान ठिक्क परेका हजारौं यात्रुहरुले यात्र गर्न पाएका छैनन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अष्ट्रेलियाले यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।

फरबरी १ पछि चीनबाट र चीनहुँदै आउनेहरुका सन्दर्भमा यो निषेध लागु गरिएको हो । तर अष्ट्रेलियन नागरिक, पीआर वाहक र उनीहरुका परिवारका नजिकका सदस्यहरुलाई भने यस्तो प्रतिबन्ध लगाइएको छ । त्यो बाहेक सबैमाथि यो प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धपछि आउने जो सुकैलाई पनि भिसा रद्द गरेर वैकल्पिक हिराशतमा राखिने जनाइएको छ । हिराशतमा राखेर उनीहरुमाथि कोरोना भाइरस संक्रमण भए नभएको चेक गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलियन सरकारले आफ्ना नगरिकलाई पनि चीनको भ्रमण नगर्न सुझाव दिएको छ । चीनको भ्रमण गरेर फर्केकाहरुलाई कम्तीमा १४ दिन एक्लीएर बस्न भनिएको छ ।

प्रतिबन्ध लागु भएको रातभरमा चीनबाट आउने ७१ जनाको भिसा रद्द गरिएको छ भने अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको छ । प्रतिबन्धपछि चीनबाट अष्ट्रेलिया आउने यात्रुको संख्यामा उच्च गिरावट आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com