कोरोना भाइरस ६१५५ मा संक्रमण, १३२ को मृत्यु, उद्दार गरेर ल्याएको जहाज क्यालिफोर्नियामा


प्रकाशित मिति : माघ १५, २०७६ बुधबार

अहिलेसम्म चीनसहित विश्वभर ६ हजार १ सय ५५ जनामा घातक कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने यो भाइरसका कारण अहिलेसम्म १३२ को मृत्यु भइसकेको छ । सबैभन्दा धेरै चीनमा ६ हजार ६१ मा संक्रमण देखिएको छ भने १ सय ३२ को मृत्यु भएको छ ।

चीनपछि थाइल्याण्डमा १४ जनामा भाइरसको संक्रमण देखिएको छ भने हंगकंगमा १० जनामा संक्रमण देखिएको छ । मकाओ, अष्ट्रेलिया र मलेसियामा सातसात जनामा संक्रमण देखिएको छ । नेपालमा भने अहिलेसम्म २ जनामा मात्र संक्रमण पुष्टी भएको छ ।

अमेरिकामा अहिलेसम्म ५ जनामा संक्रमण भएको छ भने जापानमा ८ जनामा संक्रमण देखिएको छ । चिनियाहरुको बाक्लो उपस्थीति रहेको न्युयोर्कमा पनि कोरोना भाइरसको संक्रमणबारे त्रास फैलिएको छ । केही नमुनाहरु परीक्षण गरिएपनि अहिलेसम्म कसैमा संक्रमणको पुष्टी भएको छैन ।

यसैबीच चीनको युहानबाट अमेरिकनहरुलाई बोकेर ल्याएको जहाज क्लालिफोर्नियामा अवतरण गरेको छ । जहाजमा त्यहाँ रहेका अमेरिकन अधिकारीहरुका साथमा अमेरिकन नागरिकहरु समेत रहेका छन् ।

जहाजमा २०१ जना यात्रुहरु रहेका छन् । उनीहरुको स्वास्थ्यपरीक्षण गरिने भएको छ । अहिलेसम्म १६५ जना अमेरिकी बिरामीहरुको नमुना परीक्षण गरिएकोमा ५ जनामा संक्रमण पाइएको छ भने ६८ जनामा संक्रमण देखिएन । अरु ९२ जनाको रिपोर्ट आउन बाँकी नै रहेको छ ।

अमेरिकाको युनाइटेड एयरलाइन्सले चीनका केही विमानस्थलबाट उडान रद्द गरे लगत्तै जर्मनीको लुफथान्साले चीनका सबै उडानहरु रद्द गरेको छ । त्यस्तै ब्रिटिस एयरवेज, एयर एसिया, क्याथे प्यासिफ, एयर इन्डिया र फिना एयरले पनि आफ्ना उडानमा कटौती गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com