५ मंसिर २०८३, शनिबार| Saturday, November 21, 2026
शोक सन्देश

अबुधावीमा १८ नेपाली चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

युएईको अबुधावीमा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ, जसमा नेपाली समेत रहेका छन् । घटनामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश नेपाली रहेको जनाइएको छ ।

दुर्घटनामा १६ जना नेपालीहरु घाइते भएको युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले जनाएका थिए ।

ट्रकमा ठोकिएपछि बस दुर्घटनाग्रस्त भएको थियो । चालकको असावधानीका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुबई जाने अलराहा बिच रोडमा दुर्घटना भएको जनाइएको छ ।

अबुधाबीका कैयन सिसिटिभी फुटेजमा उक्त बस असावधानीपूर्वक ट्रकको अगाडि गुडिरहेको र ट्रकले बचाउन खोज्दासमेत दुर्घटनाभएको देखिएको छ ।

स्थानीय समय अनुशार विहान साढे ६ बजे उक्त दुर्घटना भएको हो । विहान ९ बजेतिर उक्त बाटो पुन खोलिएको थियो ।

उक्त बस अत्यन्तै तीब्र गतिमा रहेको समेत जनाइएको छ । घटना लगत्तै एम्बुलेन्स पुगेको थियो भने घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

मृतकमध्ये पाँचजना महिला भएको जनाइएको छ । गाडी चालक भने पाकिस्तानी रहेको जनाइएको छ । गाडी चालकको पनि मृत्यु भएको छ । पाँच जना महिलामा एकजना नेपाली र एकजना श्रीलंकन रहेको बताइएपनि अरु तीनजना राष्ट्रियता खुलेको छैन ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

१९ जना घाइतेमध्ये केही श्रीलंका र युगाण्डाका समेत रहेको जनाइएको छ । बसमा २४ जना चढेकोमा १८ जना नेपालीहरु रहेको जनाइएको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →