युएईमा सरकारले जासुसी गर्न च्याट एप प्रयोग गरेको खुलासा


प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार

युएईमा एउटा च्याट एप्लिेकेशन निकै प्रचलनमा रहेको छ, टुटक । दुबई, अबुधाबी लगायतका क्षेत्रमा काम गर्ने कैयन नेपालीहरुले समेत यो एप्लिकेशनको प्रयोग गर्दै आएका छन् । युएईमा लोकप्रिय बनेको यो एप्लिकेशन त्यहाँको सरकारले जासुसीमा प्रयोग गरेको खुलासा भएको छ ।

परिवार र साथीहरुबीच कुराकानीका लागि प्रयोग गरिने यो एप्लिकेशन सरकारले प्रयोगकर्ताको ट्रयाक गर्नमा प्रयोग गरेको हो । सरकारले सम्बाद, तस्वीर र अरु तथ्यांकहरु ट्रयाक गर्नका लागि यो एपको प्रयोग गरेको रिपोर्ट न्युयोर्क टाइम्सले प्रकाशित गरेको छ ।

युएईमा एप्पलको फेसटाइममा प्रतिबन्ध लगाइदै आएको छ । त्यस्तै ह्वाट्सएप लगायतका फेसबुकका एपमार्फतपनि भिडियो वा अडियो कल गर्नमा प्रतिबन्ध लगाइएको छ । यो अवस्थामा आएको टुटक केही महिनामा नै लाखौंले डाउनलोड गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो एप्लिकेशनले सरकारलाई धेरै तरिकाबाट प्रयोगकर्ताका बारेमा पहुच दिएको छ । तर लाखौं प्रयोगकर्ताले यो कुरा नबुझेर यो एप डाउनलोड गरेर सरकारलाई आफ्ना सबै सुचनाका बारेमा पहुच दिइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com