किताब र सर्ट चोरेको आरोप लागेका मेक्सिकन राजदूतले दिए राजिनामा


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

किताब र सर्ट चोरेको आरोप लागेका मेक्सिकन राजदूतले दिए राजिनामा दिएका छन् । अर्जेन्टिनाका लागि मेक्सिकन राजदूत ७७ बर्षका रिकार्डो भेलेरोले स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएका हुन् ।

मेक्सिकन विदेशमन्त्रीले राजदूत रिकार्डो स्नायु सम्बन्धि रोगबाट पीडित भएको र उपचारका क्रममा रहेको बताएका छन् । राजदूत रिकार्डोले गत अक्टोबरमा किताब चोरेको भिडियो सार्वजनिक भएपछि यसै महिना फिर्ता बोलाइएको थियो ।

उनले पसलबाट १० डलर मुल्यको एउटा इटालियन लेखकको बायोग्राफी चोरेका थिए । तर उनले कुटनीतिक प्रतिरक्षाको प्रयोग गरेपछि यो मामलालाई अगाडि बढाइएको थिएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियो सार्वजनिक भएपछि भने उनलाई राजदूतबाट फिर्ता बोलाइएको थियो । फिर्ता आउने क्रममा रिकार्डोले विमानस्थलको पसलबाट सर्ट चोर्ने प्रयास गरेको आरोप लगाइएको छ ।

मेक्सिकोको विदेशमन्त्रालयले राजदूतको राजिनामा स्वीकार गरेको छ । रिकार्डो महान व्यक्ति भएको र उनको उपचार भइरहेको भन्दै मेक्सिकन विदेशमन्त्रीले स्वास्थ्यलाभको कामना गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com