पत्रकार जमाल खशोग्गीको हत्या अभियोगमा ५ जनालाई मृत्युदण्डको फैसला


प्रकाशित मिति : पुस ७, २०७६ सोमबार

साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको हत्या अभियोगमा ५ जनालाई मृत्युदण्ड दिने फैसला गरेको छ । पत्रकार खशोग्गीको टर्कीमा रहेको साउदी कन्सुलेटभित्र हत्या भएको थियो ।

एकजना पूर्व उच्च शाही सल्लाहकारबिरुद्धसमेत अनुसन्धान भएपनि उनलाई भने अभियोग नलगाई रिहा गरिएको छ । वासिंटन पोष्टका स्तम्भकार खशोग्गीको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानको समेत संलग्नता रहेको सीआईएले निष्कर्ष निकालेको थियो ।

अभियोजनकर्ताहरुले अरु तीनजनालाई समेत कुल २४ बर्ष जेल सजाय तोकिएको जनाएका छन् । पत्रकार खशोग्गीको हत्या निकै विभत्स तरिकाले भएको खुलासा भएको थियो । उनको शव काटेर टुक्रा–टुक्रा पारी एसिडमा हालिएको हुनसक्ने बताइएको थियो ।

खशोग्गीको हत्या टर्कीमा रहेको साउदी कन्सुलेटमा भएको थियो । साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकासँग जमाल खशोग्गी एक ‘खतरनाक इस्लामिस्ट’ भएको बताएका थिए । उनले ह्वाइट हाउसमै फोन गरेर यस्तो जानकारी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वाशिंगटन पोस्ट र न्यूयोर्क टाइम्सका अनुसार साउदी खशोग्गी बेपत्ता भएको र साउदीले उनको हत्या भएको स्वीकार गर्नुभन्दा पहिले साउदी राजकुमारले फोन गरेका थिए । तर साउदी अरबले भने यो कुराको खण्डन गर्दै आएको छ ।

खशोग्गी टर्कीमा बस्दै आएकी आफ्नी प्रेमिकासँगको विवाहको कागजपत्र मिलाउन वाणिज्य दूतावास गएका थिए । साउदी अरबले पहिले खशोग्गी दूतावासमा आएको तर सुरक्षित रुपमा बाहिर गएको बताएको थियो । तर सबैतिरबाट दबाब आएपछि उसले दूतावासभित्रै खशोग्गीको हत्या भएको स्वीकार गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com