क्रिसमस लगत्तै डिसेम्बर २६ मा वर्ल्ड ट्रेड सेन्टर जत्रो छुद्रग्रह पृथ्वी नजिकबाट जाने


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

क्रिसमस लगत्तै डिसेम्बर २६ मा २०३४ फुटको छुद्रग्रह पृथ्वी नजिकबाट जाने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । न्युयोर्क समय अनुशार डिसेम्बर २६ को विहान २ बजेर ५४ मिनेट जाँदा उक्त चट्टान पृथ्वी नजिकैबाट जाने नासाले जनाएको छ ।

छुद्रग्रहको परिधि ९१९ देखि २०३४ फिट रहेको जनाइएको छ । यो छुद्रग्रह न्युयोर्कमा रहेको वान वर्ल्ड ट्रेड सेन्टर जत्रो रहेको जनाइएको छ, जसको उचाई १७९२ फिट रहेको छ ।

यो छुद्रग्रह २७ हजार ५ सय प्रतिघण्टाको गतिमा पृथ्वी नजिक भएर जानेछ । तर यसबाट पृथ्वीमा भने कुनै खतरा नरहेको नासाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत सेप्टेम्बरमा पनि २३ हजार किलोमिटर प्रतिघण्टाको गतिमा बुर्ज खलिफा जत्तिकै आकारको एउटा छुद्रग्रह पृथ्वीनजिक भएर गुज्रेको थियो । कुनै क्षति विना उक्त छुद्रग्रह पृथ्वी नजिक भएर गुज्रेको थियो । २००० क्वु डब्ल्यु सेभेन नामको उक्त छुद्रग्रह पृथ्वीमा ठोक्किने खतरा भने थिएन ।

गत अगस्त १० मा पनि एम्पायर स्टेट भवन भन्दा ठूलो छुद्रग्रह पृथ्वी नजिकैबाट विना क्षति गएको थियो । १८७० फिट परिधि रहेको २००६ क्युक्यु २३ नामको उक्त छुद्रग्रह पृथ्वीमा ठोक्किएको भए एउटा सिंगै देशजति क्षेत्रमा क्षति पुग्ने अनुमान गरिएको थियो ।

पृथ्वीको नजिकै भएर गएको उक्त छुद्रग्रह पृथ्वीको सतहमा बिष्फोट भएको भए अमेरिकाको एउटा राज्यजति वा एउटा सानो देशजति क्षेत्रमा क्षति पुग्ने अनुमान नासाले गरेको थियो ।

सौर्यमण्डलमा १ किलोमिटरभन्दा ठूलो परिधि भएका झण्डै ९ सय छुद्रग्रहहरु रहेको जनाइएको छ । सन् २०१३ मा ५५ फिट परिधिको छुद्रग्रह पृथ्वीको सतहमा विष्फोट हुँदा रसियामा झण्डै १ हजार जना घाइते भएका थिए । त्यतीबेला रसियामा ६६ फिट गहिरो खाडल परेको थियो ।

करोडौं बर्ष पहिलो पृथ्वीमा १० किलोमिटर परिधिको एउटा छुद्रग्रह ठोक्किदा डायनोशर लगायतका प्रजातीहरु लोप भएका थिए । सन् २०१२ मा पनि बसको आकारको एउटा छुद्र ग्रह पृथ्वीको नजिकबाट गोलीको गतिभन्दा १० गुणा छिटो गएको थियो । गत जुलाई १९ मा पनि एउटा छुद्रग्रह पृथ्वीको नजिकबाट गएको थियो ।

यदि त्यस्ता छुद्रग्रहहरु पृथ्वीतिर ठोक्किन आइपुगेको खण्डमा पनि नासासँग त्यसको बाटो परिवर्तन गर्ने साधनश्रोत रहेको छ । नासाले त्यस्ता छुद्रग्रह पृथ्वीतिर आउदै गरे नगरेकोबारे प्रसस्त जानकारी राख्ने र त्यसबारे चेतावनी संकलन गर्ने समेत गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com