ट्रम्पबाट १.४ ट्रिलियन डलरको विधेयकमा हस्ताक्षर, सुर्तीजन्य पदार्थमा उमेर हदबन्दी २१ बर्ष


प्रकाशित मिति : पुस ५, २०७६ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ दशमलव ४ ट्रिलियन डलरको खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । अब सेप्टेम्बरसम्मका लागि सरकार शटडाउनको सम्भावना टरेको छ ।

बजेटमा बन्दुक हिंशाको शोधका लागि रकम छुट्याइएको छ भने सुर्तीजन्यबस्तु किन्नका लागि न्यूनतम उमेर २१ बर्ष बनाइएको छ । दुईदलीय खर्च विधेयकले आगामी सेप्टेम्बरसम्मका लागि बजेट पारित गरेको छ भने शुक्रबारदेखि हुनेसम्भावना रहेको सरकार शटडाउन पनि टारेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पबिरुद्धको महाअभियोग संसदको तल्लो सदनबाट पारित भएको भोलिपल्टै खर्च विधेयक पारित गरिएको हो । यसपटक पनि ट्रम्पले सिमानामा तारबारका लागि १ दशमलव ४ बिलियन डलर छुट्याउन सफल भएका छन् । गतबर्षपनि संसदबाट यही बजेट पारित भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले पर्खाल निर्माणका लागि ८ दशमलव ६ बिलियन डलर माग गरेपनि माग गरेको तुलनामा कममात्र रकम पारित भएको थियो । खर्च विधेयकमा हस्ताक्षर गरेपछि ट्रम्प क्रिसमस मनाउन एयरफोर्स वानमा फ्लोरिडातिर लागेका छन् ।

अबदेखि अमेरिकामा सुर्तीजन्य पदार्थ किनबेचका लागि २१ बर्ष उमेर पुग्नुपर्ने संघीय कानुन बनाइएको छ । यसअगाडि सुर्तीजन्य पदार्थ किनबेचका लागि १८ बर्ष उमेर पुग्नुपर्ने संघीय कानुन थियो । कम्तीमा १८ बर्ष हुनुपर्ने भएपनि कतिपय राज्यले त्यो भन्दामाथि उमेरको हद समेत तोकेका थिए । तर अब कम्तीमा २१ बर्ष हुनुपर्ने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com