युट्युबमा सर्वाधिक कमाउनेहरु : ८ बर्षका रायन काजीले कमाए २६ मिलियन डलर


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

८ बर्षका बालक रायन काजीले एकबर्षमा युट्युबबाट २६ मिलियन अमेरिकी डलर कमाई गरेका छन् । फोब्र्सका अनुशार उनी युट्युबमा सन् २०१९ मा सर्वाधिक कमाई गर्नेमा पहिलो नम्बरमा आएका छन् ।

रायन वर्ल्ड नामको उनको युट्युब च्यानलमा झण्डै २३ मिलियन सब्सक्राइबरहरु रहेका छन् । उनले युट्युबमा विभिन्न खेलौनाहरुको रिभ्यु गर्छन् ।

उनले गतबर्ष २२ मिलियन डलर कमाएका थिए भने यो बर्ष उनको आम्दानी ६ मिलियन डलरले बढेको छ । काजी अमेरिकाको टेक्सासमा बस्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै युट्युबबाट सन् २०१९ मा ५ बर्षकी बालिका नास्त्याले १८ मिलियन डलर कमाई गरेकी छिन् । रसियामा जन्मेकी यी बालिकाको युट्युब च्यानलमा पितासँग खेलेका भिडियोहरु पोष्ट गरिएको छ । उनको युट्युबमा १ सय ७ मिलियन सब्सक्राइबर छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com