हाउसबाट महाअभियोग पारित गरेको ४८ घण्टा नबित्दै ट्रम्पलाई पेलोसीको निम्ता


प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाबाट राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्धको महाअभियोग पारित गरेको ४८ घण्टा नबित्दै स्पीकर न्यान्सी पेलोसीले ट्रम्पलाई संसदमा बार्षिक संवोधनको निम्ता दिएकी छिन् । ट्रम्पलाई स्टेट अफ द युनियन सम्बोधनको निम्ता दिइएको हो ।

आगामी फरबरी ४ मा अमेरिकी संसदको संयुक्त अधिवेशन सुरु हुनु अगाडि ट्रम्पलाई राष्ट्रपतिले गर्ने बार्षिक सम्बोधनका लागि निम्ता दिइएको हो । उक्त समयमा अमेरिकी सिनेटमा महाअभियोगबारेको परीक्षण चलिरहेको वा सकिएको हुनेछ ।

राष्ट्रपतिले गर्ने बार्षिक सम्बोधनका क्रममा प्रतिनिधिसभाका सभामुखले राष्ट्रपतिको पछाडि बस्नुपर्ने प्रावधान रहेको छ । जसअनुशार संसदको तल्लो सदनबाट महाअभियोग पारित गरिएका राष्ट्रपतिको पछाडि बसेर सम्भवत पेलोसीले ताली बजाउनेछिन् ।

बार्षिक सम्बोधनका लागि निम्ता दिंदै पेलोसीले तीन पेज लामो पत्र पठाएकी छिन् । पत्रमा संविधानको सम्मान गर्ने स्पीरिटका साथ पत्र पठाइएको उल्लेख गरिएको छ । पत्रमा शुभेच्छासहित लेखेर हस्ताक्षर गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेलासीका तर्फबाट पठाइएको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार स्वीकार गरिसकेका छन् । ट्रम्पले पेलोसीलाई ६ पेज लामो पत्र लेखेर महाअभियोगको विरोध गरे लगत्तै पेलोसीले सम्बोधनका लागि पत्र पठाएकी हुन् ।

सभामुखका रुपमा पेलासीलाई राष्ट्रपतिको सम्बोधनको समय निर्धारण गर्ने अधिकार रहेको छ । सन् २०१९ को सम्बोधन पेलोसीले सरकार शटडाउनका कारण पछाडि सारिदिएकी थिइन् । लगत्तै ट्रम्पले अफगानिस्तान र ब्रसेल्स भ्रमणका क्रममा पेलासीलाई सैन्य जहाज प्रयोग गर्नबाट रोक लगाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com